सिरहामा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु « Khabarhub

सिरहामा मोटरसाइकलको ठक्करबाट पाँच वर्षीया बालिकाको मृत्यु


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

सिरहा – यहाँको चोहर्वा—सिरहा सडकखण्डअन्तर्गत नरहा गाउँपालिका—३ खोरिया टोलमा आज मोटरसाइकलले ठक्कर दिँदा पाँच वर्षीया बालिका खजिजा खातुनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो करिब १२ बजे सिरहादेखि मिर्चैयातर्फ जाँदै गरेको प्र।२–०१–००३ प ७६९६ नम्बरको मोटरसाइकलले पैदल हिँडिरहेकी बालिकालाई ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते भएकी उनलाई तत्काल उपचारका लागि गोलबजारस्थित बर्धमान अस्पताल लगिएको थियो । तर, अस्पताल पु¥याएलगत्तै चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

ठक्कर दिने मोटरसाइकल चालक फरार भएको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेश बहादुर पालले जानकारी दिए । प्रहरीले मोटरसाइकल भने नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ८ : १९ बजे

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर