चन्द्रगढी महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा « Khabarhub

चन्द्रगढी महिला गोल्डकप : एपिएफ सेमिफाइनलमा


१० बैशाख २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

झापा – मेची रङ्गशालामा जारी प्रथम ‘ओमसाई पाथिभरा चन्द्रगढी महिला गोल्डकप’ फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ । एपीएफले सङ्कटा क्लबलाई ‘सडन डेथ’मा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा पनि तीन–तीन गोलको बराबरी भएपछि खेल सडन डेथमा पुगेको हो । सडन डेथमा एपिएफ विजयी हुँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । सङ्कटाकी प्रतिक्षा राईको प्रहार बाहिरिएपछि एपिएफले जित निकालेको थियो ।

सडन डेथमा एपिएफका सरु सुब्बा, हिराकुमारी भुजेल र अञ्जना राना मगरले गोल गरेकी छिन् भने सङ्कटाका तर्फबाट सुशीला चौधरी र झुमा विश्वकर्माले गोल गरेकी थिइन् । यसअघि भएको टाइब्रेकरमा एपिएफका गीता राना, अनिता बस्नेत र रश्मीकुमारी घिसिङले गोल गरे ।

अनिता केसी र रेनुका नगरकोटीको प्रहार भने सङ्कटाकी गोलकिपर सुशीला चौधरीले बचाइन् । सङ्कटाका तर्फबाट यशोदा शाही, सुक्रिया मिया र विदेशी खेलाडी सुशीया लीला जोसेले गोल गर्दा पूर्णिमा राईको प्रहार बचाउ भएको थियो भने सुनिता भुलनको प्रहार बाहिरिएको थियो ।

आजको खेलको ‘प्लेयर अफ दी म्याच’ एपिएफकी गीता राना घोषित हुँदै नगद रु ११ हजार पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताअन्तर्गत सेमिफाइनलमा एपिएफले चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबार हुने पहिलो सेमिफाइनल खेलमा नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेताले रु ११ लाख र उपविजेताले रु पाँच लाख पुरस्कार प्राप्त गर्नेछन् । साथै, सर्वोत्कृष्ट खेलाडीलाई नगद रु ५० हजार तथा उत्कृष्ट गोलकिपर, डिफेन्डर, मिडफिल्डर, फरवार्ड र प्रशिक्षकलाई जनही रु २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहिबार  ९ : ०० बजे

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको

बेनी–दरवाङ–मुना सडक : पुनर्निर्माण गर्न करिब नौ करोड लाग्ने 

म्याग्दी– बाढीपहिरो र नदी कटानले क्षतविक्षत बनेको म्याग्दीको बेनी–दरवाङ–मुना सडक