भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै « Khabarhub

भारत सरकारको सहयोगमा विद्यालय भवन निर्माण गरिँदै


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – झापाको गौरादह नगरपालिका–१ स्थित जनता माध्यमिक विद्यालयको भवन भारत सरकारको सहयोगमा निर्माण हुने भएको छ । सो भवनको आज शिलान्यास समेत गरिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, भारतीय राजदूतावास, काठमाडौँका काउन्सिलर गीताञ्जली ब्रैंडन र गौरादह नगरपालिकाका मेयर छत्रपति सुवेदीले आज संयुक्त रुपमा उक्त भवनको शिलान्यास गरेका हुन् ।

भारत सरकारको आर्थिक सहयोग करिब पाँच करोड ८० लाख रुपैयाँमा सो भवन निर्माण हुन लागेको यहाँस्थित दूतावासले जनाएको छ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजनाअन्तर्गत झापाको गौरादह नगरपालिकामार्फत कार्यान्वयन गरिनेछ ।

कार्यक्रममा मुख्यमन्त्री तथा अन्यले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे । नयाँ संरचनाले गौरादह नगरपालिकामा विद्यार्थी र शिक्षकहरुका लागि सिकाइको वातावरण सुदृढ बनाउन मद्दत पुग्ने उनीहरुले विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  ९ : ०८ बजे

दुग्ध विकास संस्थानको कार्यसम्पादनमा सुधार

काठमाडौं – दुग्ध विकास संस्थानले किसान भुक्तानी, दूधको गुणस्तर, बजारीकरण

क्यान–११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित

कास्की – भुटानको राष्ट्रिय क्रिकेट टोली आज पोखरामा भएको टी–२०

रास्वपा छाडेर कांग्रेसमा लागेकी ममता शर्मा महाधिवेशन प्रतिनिधिमा चयन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेर नेपाली कांग्रेसको राजनीतिमा

‘गगन-देउवा कसैसँग गुनासो छैन, सभापति र वरिष्ठ नेताको लोभ पनि छैन, देशको अस्तित्वको चिन्ता छ’

काठमाडौं- नेपाली कांग्रेसको कुनै पनि महाधिवेशनमा सहभागी नहुने अडान लिएर