रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ? « Khabarhub

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?


१० बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई लक्षित गर्दै सामाजिक सञ्जालमा कडा टिप्पणी गरेकी छन् ।

बमले आफ्नो स्टाटसमा सुकुम्बासी बस्तीको विषय उठाउँदै लामिछानेलाई ‘भोली छाती थाप्न आउनुहुन्छ कि ?’ भन्दै प्रश्न गरेकी छन् । उनले वर्षौंदेखि सुकुम्बासी बस्तीलाई विभिन्न राजनीतिक दलहरूले भोट बैंकको रूपमा प्रयोग गर्दै आएको आरोप समेत लगाएकी छन्।

उनको भनाइ अनुसार हाल सुकुम्बासी बस्तीहरू त्रासको अवस्थामा रहेको उल्लेख गर्दै उनले नेतृत्व तहलाई सिधा रूपमा सुकुम्बासी समुदायसँग संवाद गर्न आग्रह गरेकी छन्।

उनले लेखेकी छन्, ‘आदरणिय रवि लामिछाने ज्यू, भोली छाती थाप्न आउनुहुन्छ नि यहाँ ? तपाईंको पार्टीलाई भोट दिनु नै गल्ती भएछ भन्दै छन्। वर्षौंदेखि सुकुम्बासी बसेका ठाउँलाई भोट बैंक मात्र बनाउँदै आएका दलहरूभन्दा तपाईंहरू फरक हुनुहुन्न रे। आज सुकुम्बासी बस्ती आतंकित छ। सभापति ज्यू, सिधा कुरा सुकुम्बासीसँग कहिले गर्नुहुन्छ ? भोली आउनुस् ल।’

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार  १० : २९ बजे

वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय

काठमाडौं– युवा, श्रम तथा रोजगार मन्त्रालयले राष्ट्रियस्तरको कल्याणकारी कोषको सहयोगबाट

खुल्दै ‘जय नेपाल पार्टी’ : धवल शमशेर सभापति, दुर्गा प्रसाईं सर्वोच्च नेता

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी छाडेका नेता डा. धवलशमशेर राणा र

बागमतीमा ओलीको योजनालाई लिङ्देनको धक्का, राप्रपा सांसदहरूलाई सत्ताकेन्द्रित गतिविधि नगर्न निर्देशन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीले केन्द्रबाट आधिकारिक निर्णय नआउँदासम्म

पोखरा विमानस्थलमा भ्रष्टाचार : पूर्वसचिव न्यौपानेसँग मागियो साढे ४ लाख रुपैयाँ धरौटी

काठमाडौं- विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कर छुटसम्बन्धी मुद्दामा

जीवन बीमा व्यवसाय २ खर्ब माथि, नेपाल लाइफको बजारमा वर्चस्व

काठमाडौं– नेपालका जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८२/८३ मा कुल