गर्मीमा छालाको हेरचाह कसरी गर्ने ? यसो भन्छन् चिकित्सक « Khabarhub

गर्मीमा छालाको हेरचाह कसरी गर्ने ? यसो भन्छन् चिकित्सक


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गर्मी मौसम सुरु भइसकेको छ । यो मौसममा छालामा धेरै प्रकारका एलर्जीलगायत विभिन्न समस्याहरु देखा पर्दछन् ।

वातावरणमा आउने परिवर्तन, चर्को घाम र अत्यधिक पसिनाका कारण छालासम्बन्धी विभिन्न संक्रमण र एलर्जी लिएर अस्पताल पुग्ने बिरामीहरूको संख्या बढ्दै गएको चिकित्सक बताउँछन् ।

छाला रोग विशेषज्ञ डा. उमा केयलका अनुसार चिसो मौसमको तुलनामा गर्मी मौसममा बालबालिकादेखि लिएर वृद्धवृद्धाहरु समेत छालााका विभिन्न खालका समस्याहरु लिएर आउने गरेका छन् ।

डा. केयलका अनुसार गर्मी मौसममा मुख्य गरी निम्न समस्याहरू बढी मात्रामा देखिने गर्दछन्-

घामको एलर्जी र घमौरा- चर्को घामका कारण छालामा एलर्जी हुने र पसिना ग्रन्थीहरू थुनिएर साना बालबालिकाहरूमा घमौरा (मिलिएर रुबरा) को समस्या धेरै देखिन्छ ।

फोलिकलाइटिस- वयस्कहरूमा डन्डीफोर जस्तै देखिने तर अलि भिन्न प्रकृतिका मसिना दानाहरू ढाड र टाउकोको छालामा आउने गर्दछ ।

फङ्गल इन्फेक्सन- गर्मीमा अत्यधिक पसिना आउने र शरीरका विभिन्न चेप वा ’फोल्ड’हरूमा पसिना जमेर घर्षण हुँदा फङ्गल इन्फेक्सन (ढुसीको संक्रमण) तीव्र रूपमा फैलिन्छ । गर्मी सुरु हुनेबित्तिकै फङ्गल इन्फेक्सनका बिरामीहरु एकदमै धेरै आउँछन् ।

छालाको समस्या नवजात शिशुदेखि वृद्धवृद्धासम्म सबै उमेर समूहमा देखिन्छ । यद्यपि, उमेर अनुसार यसको प्रकृति फरक हुने उनको भनाइ छ ।

साना बच्चामा घमौरा, किशोरकिशोरीमा डण्डिफोर, युवा तथा वयस्कहरूमा फङ्गल इन्फेक्सन र जेष्ठ नागरिकहरूमा उमेरका कारण छाला पातलो र संवेदनशील हुने हुँदा सुख्खापन ‍र धुलोको एलर्जी बढी देखिने गरेको डा. केयलको भनाइ छ ।

डा. केएलका अनुसार छालामा देखिने स्वास्थ्य समस्यामा खानपानको प्रत्यक्ष भन्दा पनि अप्रत्यक्ष प्रभाव रहने गर्दछ । छालाका अधिकांश रोगहरूमा आनुवंशिक गुणको ठूलो भूमिका हुन्छ । परिवारमा पहिले कसैलाई समस्या भएमा त्यो जिनमार्फत सर्ने सम्भावना बढी हुने उनले बताइन् । यसबाहेक घाम, धुलो, धुवाँ र हर्मोनमा आउने परिवर्तन विशेष गरी महिलाहरूमा महिनावारीको समस्याले पनि छालाको समस्या बढाउने उनको भनाइ छ ।

गर्मीमा सनस्क्रिनको प्रयोग

घामको हानिकारक किरणले छालालाई मेडिकल र कस्मेटिक दुवै किसिमले क्षति पुर्‍याउँछ। यसले छाला कालो हुने, डढ्ने, चाया–पोतो आउने र बुढ्यौलीपन छिटो निम्त्याउने भएकाले यसबाट बच्न सनस्क्रिनको प्रयोग अनिवार्य मानिने डा. केयल बताउँछिन् ।

पछिल्लो समय जनचेतना बढेसँगै यसको प्रयोग पनि बढेको पाइएको छ । सनस्क्रिन वयस्कका लागि मात्र नभइ ६ महिना वा सोभन्दा माथिका बालबालिकालाई लगाइदिनुपर्ने उनको सुझाव छ । कम्तीमा २ वर्ष पुगेपछि अनिवार्य रूपमा लगाइदिनुपर्ने उनको सुझाव छ ।

त्यस्तै, बालबालिकालाई घमौरा आएपछि ’कुलिङ पाउडर’ दल्ने गर्छन् । पाउडरले घमौरा आउन नदिन वा पसिना सोस्न मात्र मद्दत गर्छ । घमौरा आइसकेपछि यसले उपचार पाउडर मात्रै दलेर हुँदैन । चिकित्सकको सल्लाहमा औषधि नै प्रयोग गर्नुपर्ने उनले बताइन् ।

गर्मीमा छालालाई सुरक्षित राख्न के गर्ने ?

नियमित सरसफाइ- दैनिक नुहाउने वा सम्भव नभए भिजेको तौलियाले शरीर पुछेर हलुका बडी लोसन लगाउने । प्रयोग गरेका लुगा र भित्री वस्त्रहरू दैनिक रूपमा फेर्ने ।

सही मोइस्चराइजरको छनोट- गर्मीमा तेल वा धेरै ’हेभी’ मोइस्चराइजरको सट्टा ’लाइट वेट’ बडी लोसन प्रयोग गर्ने ।

स्किन केयर रुटिन- बिहान र बेलुका अनिवार्य रूपमा अनुहार धोएर मोइस्चराइजर लगाउने र दिउँसो बाहिर निस्कँदा सनस्क्रिनको प्रयोग गर्ने ।

अतिरिक्त सुरक्षा- सनस्क्रिनले मात्र शतप्रतिशत काम नगर्ने हुँदा चर्को घाममा निस्कँदा छाता ओढ्ने, टोपी लगाउने र बालबालिकाहरूलाई पूरा बाहुला भएको लुगा लगाइदिने ।

खानपान र हाइड्रेशन- शरीर र छालामा पर्याप्त चिस्यान कायम राख्न प्रशस्त मात्रामा पानी पिउने, झोलिलो खानेकुरा खाने तथा रङ्गीचङ्गी फलफूल र हरियो तरकारी नियमित सेवन गर्ने ।

यती कुरामा ध्यान दिन सक्यौं भने गर्मी मौसममा हुनसक्ने छालाका विभिन्न समस्याहरुबाट जोगिन सकिन्छ । यति गर्दागर्दै पनि केही समस्याहरु आइहाले भने सम्बन्धित चिकित्सकहरुको सल्लाहमा जतिसक्दो चाँडो उपचार गराउन डा. केयलको सुझाव छ ।

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  ८ : १० बजे

खोटाङको केपिलासगढीमा ‘मह सिकार महोत्सव’

खोटाङ– खोटाङको केपिलासगढी गाउँपालिकाले आयोजना गरेको भीर मौरीको मह सिकार

गर्मीमा छालाको हेरचाह कसरी गर्ने ? यसो भन्छन् चिकित्सक

काठमाडौँ- गर्मी मौसम सुरु भइसकेको छ । यो मौसममा छालामा

एमाले सचिवालय बैठक बस्दै, सदस्यहरूले धारणा राख्ने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैछ । बैठक

 ‘स्टार किड’लाई फिल्म पाउन सहज, हिट बनाउन सकस

काठमाडौं – स्टार किडलाई मनोरञ्जन क्षेत्रमा प्रवेश गर्न कति सहज

लुम्बिनी प्रदेशसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने

लुम्बिनी– लुम्बिनी प्रदेश, प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक दिउसे