युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै « Khabarhub

युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्मजयन्ती मनाइँदै


९ जेष्ठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युगकवि सिद्धिचरण श्रेष्ठको ११५औँ जन्म जयन्ती उनको सम्झना गरी मनाइँदैछ । युगकवि श्रेष्ठको जन्म १९६९ साल जेठ ९ गते ओखलढुंगाको ओखलढुंगा बजारमा भएको थियो ।

स्वच्छन्दतावादी काव्यधारका प्रवर्तक सिद्धिचरण नेपाली साहित्यमा युगकवि र नेपाल भाषामा कविरत्नका रुपमा चिनिन्छन् ।

युगकवि श्रेष्ठले कविता, गीत, खण्डकाव्य, नाटक, पद्यनाटक, कथा, निबन्ध, समालोचना, यात्रा संस्मरण लगायतका विधामा कलम चलाएका थिए । उनका ‘मेरो प्यारो ओखलढुङ्गा’, ‘निर्झर’, ‘भीमसेन थापा’, ‘जूनकीरी’ लगायतका रचनाहरु चर्चामा छन् ।

उनका कविता सङ्ग्रह ‘मेरो प्रतिबिम्ब’, ‘कोपिला’, ‘कुहिरो र घाम’ लगायत, खण्डकाव्यहरु ‘उर्वशी’, ‘ज्यानमारा शैल’, ‘आँशु’ लगायतका कृति रहेका छन् ।

युगकवि श्रेष्ठको २०४९ साल जेठ २२ गते निधन भएको थियो ।

प्रकाशित मिति : ९ जेष्ठ २०८३, शनिबार  १० : १६ बजे

रुपन्देहीमा नेपाल–भारतका पहलमानको कुस्ती प्रतियोगिता (तस्विरहरू)

रुपन्देही– नेपाल र भारतका पहलमानहरूको सहभागितामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–१०, सगरहवा

महँगी र सरकारको नीतिविरुद्ध फ्रान्समा प्रदर्शन जारी, एकहजार बढी मानिस पक्राउ

काठमाडौँ– महँगी, आर्थिक असमानता र सरकारको नीतिविरुद्ध फ्रान्समा शनिबार भएको

स्याफ्रुबेँसीमा ‘बेलिब्रिज’ निर्माण तीव्र

रसुवा- स्याफ्रुबेँसीमा सवारी साधान आवतजावत गर्नसक्ने ‘बेलिब्रिज’ निर्माण तीव्र गतिमा

ट्राफिक नियम उलङ्घन गर्ने ४७० सवारीसाधन कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा एकै दिन सवारी नियम उलङ्घन गर्ने ४७०

म्याग्दी शिखका पहिरो प्रभावित भन्छन्– ‘आश्रयस्थल भन्दा खाली घरमा बस्न सहज भयो’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ किन्दु टोलकी भूमदेवी शेरपुञ्जा पुनले पहिरोका