भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा « Khabarhub

भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सिद्धार्थनगर– सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा गरेका छन्।
    
यहाँ आयोजित ‘भैरहवा सहरः उद्योग, पर्यटन र व्यापार’ विषयक बहसपछि साझा प्रतिबद्धता जनाउँदै नगर प्रमुख खानले भैरहवालाई नेपालको नमूना पर्यटकीय सहरका रूपमा विकास गर्न नगरपालिकाले नीति तथा कार्यक्रममार्फत पहल गर्ने बताए।

बहसमा सहभागी पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठ (सिपी)ले स्थल र हवाईमार्गबाट सहज पहुँच रहेको भैरहवालाई पर्यटकीय हबका रूपमा विकास गर्न ढिलाइ गर्न नहुने धारणा राखे। 

होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य तथा सिद्धार्थ होटल एसोसिएसन (सान)का अध्यक्षसमेत रहेका उहाँले आगामी बजेट तथा कार्यक्रममा भैरहवालाई पर्यटकीय सहरका रूपमा प्राथमिकता दिनुपर्ने बताए।
    
स्थलमार्ग हुँदै तेस्रो मुलुकका सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका भैरहवामै पर्दछ । बेलहिया र भैरहवाबाट नेपालका विभिन्न स्थानमा सिधा बस सेवा सञ्चालन हुँदै आएको छ । सिद्धार्थ यातायात र पश्चिम नेपाल बस समितिले सञ्चालन गरेका सयौँ बसले दैनिक सेवा दिइरहेका छन् ।
    
बहसमा सहभागीहरुले पर्यटकीयस्तरका होटल, स्पा, क्यासिनो, क्लब तथा पर्यटकीय रेष्टुराँ पर्याप्त रहेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट देशका विभिन्न स्थानमा आन्तरिक उडान विस्तार गर्न नगर सरकारले पहल गर्नुपर्ने सुझाव दिएका थिए ।
    
निर्माण व्यवसायी महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझीले भैरहवालाई सुन्दर र पर्यटकीय सहरका रूपमा विकास गर्न निर्माण व्यवसायीले पूर्ण साथ दिने बताए। उनले निर्माण व्यवसायीले गरेको कामको ठूलो रकम अझै भुक्तानी नपाए पनि भैरहवालाई पर्यटकीय र व्यवस्थित सहर बनाउन सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।
    
कार्यक्रममा चेम्बर अफ कमर्स लुम्बिनीका कोषाध्यक्ष खिमबहादुर खत्रीले भैरहवाको व्यापार र पर्यटनमैत्री वातावरणलाई थप व्यवस्थित बनाउन नगर सरकारले विशेष ध्यान दिनुपर्ने बताए।

महिला उद्यमी सलुजा रामदमले भैरहवालाई महिलामैत्री सहरका रूपमा विकास गर्न सके पर्यटन र उद्यमशीलता दुवै क्षेत्र विस्तार हुने धारणा राखे । उनले महिला उद्यमीलाई प्रोत्साहन गर्ने विशेष कार्यक्रम आवश्यक रहेको बताए।
 

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  २ : ०९ बजे

कान्स फिल्म फेस्टिभल नेपालका लागि ऐतिहासिक : सुनिता डंगोल

 काठमाडौं – काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले फ्रान्सको कान्समा

क्यालिफोर्नियामा रासायनिक ट्यांकी चुहावटका कारण हजारौँ विस्तापित

एजेन्सी– अमेरिकाको क्यालीफेर्नियामा एउटा रासायनिक ट्यांकी चुहावट हुन थाले पछि

चीनसँगको व्यापारिक नाका ओलाङचुङ्गोला पुनः सञ्चालन

फुङ्लिङ– ताप्लेजुङको टिप्ताला नाकामा कर्मचारी व्यवस्थापन भएसँगै पुनः सञ्चालनमा आएको

भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा

सिद्धार्थनगर– सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय

नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च शिक्षा शिक्षाका लागि विदेश