कान्समा ‘एलिफेन्ट्स इन द फग’ लाई जुरी अवार्ड « Khabarhub

कान्समा ‘एलिफेन्ट्स इन द फग’ लाई जुरी अवार्ड


९ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वप्रसिद्ध कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्रले ऐतिहासिक सफलता हासिल गरेको छ । अविनाश विक्रम शाहद्वारा निर्देशित फिल्म ‘एलिफेन्ट्स इन द फग’ले महोत्सवको प्रतिष्ठित ‘अन सर्टेन रिगार्ड’ विधा अन्तर्गत ‘जुरी प्राइज’ हात पारेको हो । मुख्य प्रतिस्पर्धापछिको यो दोस्रो महत्त्वपूर्ण विधा मानिन्छ ।

यस विधाको शीर्ष उपाधि ‘अन सर्टेन रिगार्ड प्राइज’ भने सान्ड्रा वुल्नर निर्देशित ‘एभ्रिटाइम’ले जित्यो भने त्यसपछिको ठूलो विधामा नेपाली फिल्म उत्कृष्ट ठहरियो ।

ऐतिहासिक जितपछि खुसी साट्दै निर्देशक शाहले सफलताको जस आफ्नो सम्पूर्ण टोलीलाई सुम्पिँदै भने, “अँध्यारो कुरालाई पनि उजागर गर्ने सामर्थ्य सिनेमामा हुन्छ । हाम्रो कथाले यो अन्तर्राष्ट्रिय मञ्च पाउनु र यसरी चिनिनु भनेकै अदृश्य विषयहरू दृश्यमान हुनु हो ।”

यो फिल्मले हात्तीको आतंकबाट त्रसित एउटा गाउँको पारिवारिक कथा बोल्छ, जहाँ आमा र छोरीको सम्बन्धलाई मुख्य रूपमा उतारिएको छ ।

पुरस्कार घोषणा हुनासाथ नेपाली टोलीले स्टेजमै नाचेर आफ्नो उत्साह व्यक्त गरेका थिए ।

प्रकाशित मिति : ९ जेठ २०८३, शनिबार  ३ : २५ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह