इराकविरुद्ध एमबाप्पेले गरे दुई गोल « Khabarhub

इराकविरुद्ध एमबाप्पेले गरे दुई गोल


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप अन्तर्गत अहिले फ्रान्स र इराकको खेल जारी छ । दोस्रो हाफको ७० मिनेटमा फ्रान्सले ३–० ले अग्रता लिँदा केलियन एमबाप्पेले दुई गोल गरेका छन् । खराब मौसमका कारण दुई घण्टासम्म रोकिएर पुनः सुरु भएको खेलमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो जित नजिक पुगेको हो ।

खेलको सुरुवाती समयमै फ्रान्सले अग्रता लिएको थियो । एमबाप्पेले देशका लागि १०० औँ खेल खेल्ने क्रममा उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए । एमबाप्पेले पहिलो गोल खेलको १४ मिनेटमा गरेका हुन् ।

पहिलो हाफ सकिएलत्तै मौसम खराब भएपछि खेल दुई घण्टाका लागि स्थगित गरिएको थियो । मौसम सुधारिएर खेलको दोस्रो हाफ सुरु भएपछि इराकले रक्षात्मक रणनीति अपनाए पनि फ्रान्सको आक्रमणलाई रोक्न सकेन । एमबाप्पेले व्यक्तिगत दोस्रो गोल खेलको ५४ मिनेटमा गरेका हुन्।

त्यसपछि ओसमान डेम्बेलेले टोलीका लागि ६६ मिनेटमा तेस्रो गोल थपे । डेम्बेलेको कुनै पनि ठुलो अन्तर्राष्ट्रिय प्रतियोगितामा यो पहिलो गोल हो ।

यसअघि आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई पराजित गरेको थियो भने इराक नर्वेसँग पराजित भएको थियो ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ६ : २४ बजे

कुशे औंसी : गोकर्णमा श्रद्धालुको भीड (तस्बिरहरू)

काठमाडौं- कुशे औंसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा काठमाडौंको गोकर्णमा

३ वर्षीया बालिका हत्या प्रकरण : मुख्य प्रतिवादी चौधरी २० हजार धरौटीमा छुट्ने

बारा – सिमराकी तीन वर्षीया बालिकाको अपहरण, जबरजस्ती करणी तथा हत्या

४८ जिल्लामा राप्रपाको अधिवेशन सम्पन्न, कहाँ को बने जिल्ला अध्यक्ष ?

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले देशका ४८ जिल्लामा जिल्ला अधिवेशन

जलविद्युत् र पूर्वाधारमा जलवायु उत्थानशील योजनामा सहमति

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र राष्ट्रिय योजना आयोगबीच जलविद्युत्

बटेश्वर पालिकाले बाढीपीडितलाई बीस लाख प्रदान गर्ने

जनकपुरधाम– धनुषाको बटेश्वर गाउँपालिकाले  भोटेकोशी बाढीपीडितलाई  २० लाख ३० हजार ५५४