फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो « Khabarhub

फ्रान्स विश्वकपको अघिल्लो चरणमा : ३-० ले पराजित इराक बाहिरियो

एमबाप्पेले गरे दुई गोल


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साढे दुई घण्टासम्म अवरुद्ध भएको खेलमा इराकलाई ३–० ले स्तब्ध पार्दै फ्रान्स विश्वकपको अन्तिम ३२ (नकआउट चरण) मा प्रवेश गरेको छ ।

फ्रान्सका लागि केलियन एमबाप्पेले दुई गोल गरेका छन् । खराब मौसमका कारण दुई घण्टासम्म रोकिएर पुनः सुरु भएको खेलमा फ्रान्सले उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो जित निकाल्दै अन्तिम ३२ मा स्थान सुरक्षित गरेको हो ।

खेलको सुरुवाती समयमै फ्रान्सले अग्रता लिएको थियो । एमबाप्पेले देशका लागि १०० औँ खेल खेल्ने क्रममा उत्कृष्ट गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। एमबाप्पेले पहिलो गोल खेलको १४ मिनेटमा गरेका हुन् ।

पहिलो हाफ सकिएलत्तै मौसम खराब भएपछि खेल दुई घण्टाका लागि स्थगित गरिएको थियो । मौसम सुधारिएर खेलको दोस्रो हाफ सुरु भएपछि इराकले रक्षात्मक रणनीति अपनाए पनि फ्रान्सको आक्रमणलाई रोक्न सकेन । एमबाप्पेले व्यक्तिगत दोस्रो गोल खेलको ५४ मिनेटमा गरेका हुन् ।

त्यसपछि ओसमान डेम्बेलेले टोलीका लागि ६६ मिनेटमा तेस्रो गोल थपे । डेम्बेलेको कुनै पनि ठुलो अन्तर्राष्ट्रिय प्रतियोगितामा यो पहिलो गोल हो।

यसअघि आफ्नो पहिलो खेलमा फ्रान्सले सेनेगललाई पराजित गरेको थियो भने इराक नर्वेसँग पराजित भएको थियो । यो हारसँगै इराक समूह चरणबाट बाहिरिएको छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ६ : ४३ बजे

रुस, युक्रेन र अमेरिकाबीच अबु धाबीमा वार्ता हुने सम्भावना

मस्को- रुस, युक्रेन र संयुक्त राज्य अमेरिकाबीच आगामी नोभेम्बरमा संयुक्त

जलवायु परिवर्तनले हिउँ चितुवाको बासस्थानमा ह्रास

काठमाडौँ- दुर्लभ हिउँचितुवाको संरक्षणका निम्ति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित २३

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द