विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो « Khabarhub

विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण विभागमा उपस्थित गराइयो


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको कार्यालयमा उपस्थित गराइएको छ।

सोमबार सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटल परिसरबाट पक्राउ गरिएका उनलाई मंगलबार बिहान नेपालगञ्ज हुँदै काठमाडौं ल्याएर विभागमा हाजिर गराइएको हो ।

उनलाई सोमबार विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ गर्न जिल्ला प्रहरी कार्यालय सुर्खेतलाई इमेल लेखेको थियो ।

सुर्खेतको शुभ होटलमा एमालेको चुनावी समीक्षा तथा पुनर्गठन कार्यक्रम चलिरहेकै बेला प्रहरीले पौडेललाई पक्राउ गरेको थियो ।

त्यसपछि उनलाई नेपालगञ्जस्थित प्रहरी गणमा राखेर मंगलबार बिहानै हवाईजहाजमार्फत् काठमामडौं ल्याइएको हो । उनीमाथि अब सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगमा अनुसन्धान अघि बढाइँदैछ । उनीमाथि हाल जेलमा रहेका व्यवसायी दीपक भट्टसँग उठबस र कारोबारको आरोप सरकारले लगाएको छ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १२ : ३९ बजे

शिक्षा मन्त्रालयको स्पष्टीकरण : कक्षा १२ को नतिजा प्रकाशनमा त्रुटि भएको छैन

काठमाडौं– शिक्षा मन्त्रालयले कक्षा १२ को नजिता प्रकाशनमा कुनै त्रुटि

रास्वपा महाधिवेशनमा प्रतिनिधि छनोट विवाद : सभापति दाबी गरेपछि नाम हटाएको आरोप

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा प्रतिनिधि छनोटलाई

पुकार बम भन्छन्- केन्द्रीय सदस्य जित्दा सहमहामन्त्री उठ्छु

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा सांसद पुकार बमले केन्द्रीय

होल्डिङ सेन्टर खाली गर्न उर्दी, विस्थापित परिवारमा अन्योल !

होल्डिङ सेन्टरमा आश्रय लिइरहेका विस्थापित परिवारहरूलाई असार १२ भित्र केन्द्र

रास्वपाको बन्दसत्र सरेको सर्‍यै, महाधिवेशन प्रतिनिधिमा बढ्दैछ आक्रोश

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो महाधिवेशनमा एकपछि अर्को विवाद