विश्वकपको बहुप्रतीक्षित भिडन्त : कस्तो होला हालान्ड र एमबाप्पेबीचको प्रतिस्पर्धा ? « Khabarhub

विश्वकपको बहुप्रतीक्षित भिडन्त : कस्तो होला हालान्ड र एमबाप्पेबीचको प्रतिस्पर्धा ?


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


495
Shares
  • change font
  • change font
  • change font

इस्ट रदरफोर्ड, न्यु जर्सी- यस पटक ४८ टोली सहभागी विस्तारित विश्वकपमा कुल ७२ खेल हुँदैछन् । तर समूह चरणकै अन्तिम खेलमा धेरैको नजर गएको छ। अन्तिम सातामा सबैभन्दा धेरै चासोको केन्द्र नर्वे र फ्रान्सबीचको खेल बनेको छ।

सोमबार न्युयोर्कस्थित मेटलाइफ स्टेडियममा नर्वेले सेनेगललाई ३–२ ले पराजित गरेपछि समूह ‘आई’ को विजेता टुंगो लगाउने खेल तय भएको हो।

अब शुक्रबार म्यासाचुसेट्सको फक्सबरोमा नर्वेका स्टार स्ट्राइकर इर्लिङ हालान्ड र फ्रान्सका कप्तान केलियन एम्बाप्पे आमनेसामने हुनेछन्।

दुवै टोलीले पहिलो दुई खेल जितेर नकआउट चरणमा स्थान सुरक्षित गरिसकेका छन्। तर समूह विजेता बन्ने टोलीले अपेक्षाकृत सहज नकआउट यात्रा पाउने भएकाले यो खेलको महत्व अझ बढेको छ।

समूह विजेता टोलीले सम्भावित रूपमा अन्तिम ३२ मा स्विडेन, अन्तिम १६ मा जर्मनी, क्वार्टरफाइनलमा मोरक्को वा नेदरल्यान्ड्स तथा सेमिफाइनलमा स्पेनसँग खेल्न सक्छ।

यता समूह उपविजेता टोलीले भने आइभरी कोस्ट, ब्राजिल, इङ्ग्ल्यान्ड र अर्जेन्टिनाजस्ता बलिया टोलीको सामना गर्नुपर्ने सम्भावना छ।

यस हिसाबले हेर्दा शुक्रबारको खेल केवल प्रतिष्ठाको लडाइँ मात्रै होइन, आगामी यात्राको दिशा तय गर्ने निर्णायक प्रतिस्पर्धा पनि हुनेछ।

गेट्टी इमेज

हालान्डको उत्कृष्ट लय

नर्वे विश्वकप छनोट चरणमा अपराजित रहँदै आठवटै खेल जितेर प्रतियोगितामा पुगेको थियो। उसले इटालीलाई दुईपटक हराएको थियो । विश्वकप अन्तर्गत समूह चरणको पहिलो खेलमा उसले इराकलाई ४–१ ले पराजित गरेको थियो।

अफ्रिका कप अफ नेशन्स विजेता सेनेगलविरुद्धको खेल नर्वेको पछिल्ला तीन वर्षकै सबैभन्दा कठिन प्रतिस्पर्धामध्ये एक मानिएको थियो। तर टोलीले उत्कृष्ट प्रदर्शन गर्दै जित निकाल्यो।

यस खेलमा हालान्डले दुई गोल गर्दै प्रतियोगितामा आफ्नो गोल संख्या चार पुर्‍याए। कप्तान मार्टिन ओडेगार्डले मिडफिल्डमा प्रभावशाली प्रदर्शन गरे । उता युवा विङ्गर एन्टोनियो नुसा र फरवार्ड एलेक्सजेन्डर सोर्लोथले पनि टोलीलाई बलियो बनाएका छन्।

प्रतिस्पर्धात्मक खेलमा हालान्डले सन् २०२४ अक्टोबरयता नर्वेका लागि खेलेका हरेक खेलमा गोल गरेका छन्। यस अवधिमा उनले १२ खेलमा २४ गोल गरेका छन्।

सेनेगलविरुद्धको खेलपछि हालान्डले भने, ‘म निकै रमाइरहेको छु। सन् २०१९ मा राष्ट्रिय टोलीबाट डेब्यु गरेयता नर्वेका लागि खेल्नु मेरो लागि सधैं विशेष रहँदै आएको छ।’

विश्वकपको प्रतिक्षित भिडन्त

विश्व फुटबल महासंघ (फिफा) का लागि पनि नर्वे र फ्रान्सबीचको यो खेल आकर्षणको केन्द्र बनेको छ। समूह चरणका अन्तिम केही खेलहरू औपचारिकतामा सीमित हुने सम्भावना छ। तर पनि हालान्ड र एमबाप्पेबीचको प्रतिस्पर्धाले विश्वकपलाई थप रोमाञ्चक बनाएको छ।

यो हालान्ड र एमबाप्पेबीचको करिअरको चौथो भेट हुनेछ। दुवै खेलाडी गोल्डेन बुटको दौडमा पनि छन्, जहाँ लियोनेल मेस्सी र ह्यारी केनसमेत प्रतिस्पर्धामा छन्।

विश्वकपको समूह चरणमा एउटा मात्र खेल हेर्ने समय छ भने नर्वे र फ्रान्सबीचको यो बहुप्रतीक्षित भिडन्त छुटाउन नहुने खेल हुन सक्छ ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  १ : २१ बजे

आज २०८३ साल साउन १० गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन १० गते आइतबार सन् २०२६

मोरङमा विद्यार्थीमाथि कुटपिट गरेको आरोपमा शिक्षक पक्राउ

विराटनगर – मोरङमा एक विद्यार्थीलाई कुटपिट गरेको आरोपमा प्रहरीले एक

रूपन्देहीमा आर्थिक अपराध एवं घरेलु हिंसाका घटना उच्च

काठमाडौं – रूपन्देहीमा सङ्गठित तथा आर्थिक अपराध एवं घरेलु हिंसाका

अनलाइन ठगीमा संलग्न भारतीय नागरिकसहित दुई जना पक्राउ

गण्डकी – जिल्ला प्रहरी कार्यालय, कास्कीले अनलाइन ठगीमा संलग्न रहेको

आठ हजार महिलाले भरतपुर अस्पतालबाट लिए सुत्केरी सेवा

चितवन – प्रसूति गराउनेको पहिलो रोजाइ भरतपुर अस्पताल हुने गरेको