रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण  « Khabarhub

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा यतिबेला राजनीतिक सरगर्मीसँगै स्थानीय उत्पादनको व्यापारले पनि निकै चर्चा पाएको छ । 

महाधिवेशनका कारण मानिसहरूको ठूलो चहलपहल हुँदा चितवनको पहाडी भेगका स्थानीय तथा चेपाङ समुदायले रैथाने उत्पादन ‘चिउरी’ को राम्रो व्यापार गरिरहेका छन् ।

चेपाङको पुर्ख्यौली बसोबास रहेको चितवनका  पहाडी क्षेत्रहरू चिउरी उत्पादनका लागि प्रख्यात मानिन्छन् । चेपाङ समुदायको जीवनशैली र पहिचानसँग जोडिएको यो चिउरी स्थानीय बासिन्दाहरूले आफैँ संकलन गरेर बजारसम्म ल्याउने गर्छन् । 

महाधिवेशनको अवसर पारेर नारायणगढको मन्डी तथा अन्य संकलन केन्द्रहरूबाट व्यापारीहरूले चिउरी खरिद गरी महाधिवेशन स्थल वरपर बिक्री गरिरहेका छन्।

चिउरी विशेषगरी नेपालको महाभारत पर्वत शृङ्खलाका पहाडी र भित्री मधेशका क्षेत्रहरूमा फल्ने गर्दछ। जेठ र असारको तीव्र गर्मी महिनामा यो फल पाक्ने गर्छ । 

गर्मी मौसममा चिउरी खानु स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ; यसले शरीरलाई शीतलता प्रदान गर्नुका साथै ऊर्जा समेत दिन्छ। यसको दानाबाट बहुउपयोगी घ्यू (चिउरीको घ्यू) समेत निकालिन्छ, जुन औषधीय गुणले युक्त हुन्छ।

कति भइरहेछ व्यापार र ?

 महाधिवेशन स्थलमा प्रति केजी रु. १०० मा खरिद गरिएको चिउरी ग्राहकको रोजाइ र बजारको माग अनुसार प्रति केजी रु. १२०, १३० देखि बढीमा रु. १५० सम्ममा बिक्री भइरहेको छ । 

महाधिवेशनको छोटो अवधिमै एकैजना व्यवसायीले झण्डै ९० केजी (पहिलो दिन ५० केजी र दोस्रो दिन ४० केजी) सम्म चिउरी सहजै बिक्री गरिसकेको बताएका छन्। राजनीतिक जमघटले यसरी स्थानीय र सीमान्तकृत समुदायको रैथाने उत्पादनलाई बजार प्रवर्द्धन गर्न ठूलो टेवा पुर्‍याएको देखिन्छ।

यद्यपि महाधिवेशन स्थल  परिसरमा सुरक्षाको कारण देखाउँदै यस्ता व्यापारमा कडाइ गरिएको छ!

 तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ६ : १८ बजे

‘रेफ्रिजरेटिङ कन्टेनर’ नहुँदा शव व्यवस्थापन ‘हम्मेहम्मे’

काठमाडौं– आज अपराह्नसम्म भोटेकोशी बाढीबाट मृत्यु भएका व्यक्तिको ६६९ वटा

संक्रमणको जोखिम घटाउन प्रहरीद्वारा बेवारिसे शव व्यवस्थापन तीव्र

काठमाडौं- विभिन्न जिल्लाबाट संकलित बेवारिसे तथा पहिचान नखुलेका शव र शरीरका

भोटेकोशी बाढी : ६६९ जनाको शव भेटियो, दुई हजार ३०१ जनाको उद्धार

काठमाडौं– भोटेकोशी हुँदै त्रिशूली  नदीमा आएको बाढीमा परी मृत्यु हुनेको

गोरखामा भेटिएका २९ शवको अन्त्येष्‍टि गरियो

गोरखा– भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा

पूर्वाञ्चल विश्वविद्यालयका कर्मचारीको तलब विपद् कोषमा जम्मा गरिने

काठमाडौं–  प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन