रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण  « Khabarhub

रास्वपा महाधिवेशनमा ‘चिउरी’ को आकर्षण 


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन स्थलमा यतिबेला राजनीतिक सरगर्मीसँगै स्थानीय उत्पादनको व्यापारले पनि निकै चर्चा पाएको छ । 

महाधिवेशनका कारण मानिसहरूको ठूलो चहलपहल हुँदा चितवनको पहाडी भेगका स्थानीय तथा चेपाङ समुदायले रैथाने उत्पादन ‘चिउरी’ को राम्रो व्यापार गरिरहेका छन् ।

चेपाङको पुर्ख्यौली बसोबास रहेको चितवनका  पहाडी क्षेत्रहरू चिउरी उत्पादनका लागि प्रख्यात मानिन्छन् । चेपाङ समुदायको जीवनशैली र पहिचानसँग जोडिएको यो चिउरी स्थानीय बासिन्दाहरूले आफैँ संकलन गरेर बजारसम्म ल्याउने गर्छन् । 

महाधिवेशनको अवसर पारेर नारायणगढको मन्डी तथा अन्य संकलन केन्द्रहरूबाट व्यापारीहरूले चिउरी खरिद गरी महाधिवेशन स्थल वरपर बिक्री गरिरहेका छन्।

चिउरी विशेषगरी नेपालको महाभारत पर्वत शृङ्खलाका पहाडी र भित्री मधेशका क्षेत्रहरूमा फल्ने गर्दछ। जेठ र असारको तीव्र गर्मी महिनामा यो फल पाक्ने गर्छ । 

गर्मी मौसममा चिउरी खानु स्वास्थ्यका लागि निकै लाभदायक मानिन्छ; यसले शरीरलाई शीतलता प्रदान गर्नुका साथै ऊर्जा समेत दिन्छ। यसको दानाबाट बहुउपयोगी घ्यू (चिउरीको घ्यू) समेत निकालिन्छ, जुन औषधीय गुणले युक्त हुन्छ।

कति भइरहेछ व्यापार र ?

 महाधिवेशन स्थलमा प्रति केजी रु. १०० मा खरिद गरिएको चिउरी ग्राहकको रोजाइ र बजारको माग अनुसार प्रति केजी रु. १२०, १३० देखि बढीमा रु. १५० सम्ममा बिक्री भइरहेको छ । 

महाधिवेशनको छोटो अवधिमै एकैजना व्यवसायीले झण्डै ९० केजी (पहिलो दिन ५० केजी र दोस्रो दिन ४० केजी) सम्म चिउरी सहजै बिक्री गरिसकेको बताएका छन्। राजनीतिक जमघटले यसरी स्थानीय र सीमान्तकृत समुदायको रैथाने उत्पादनलाई बजार प्रवर्द्धन गर्न ठूलो टेवा पुर्‍याएको देखिन्छ।

यद्यपि महाधिवेशन स्थल  परिसरमा सुरक्षाको कारण देखाउँदै यस्ता व्यापारमा कडाइ गरिएको छ!

 तस्बिर : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ६ : १८ बजे

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर