होर्मुजमा ढुवानी प्रवाह सहज भए आपुर्तिमा राहत दिनेमा भारत आशावादी « Khabarhub

होर्मुजमा ढुवानी प्रवाह सहज भए आपुर्तिमा राहत दिनेमा भारत आशावादी


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

नयाँदिल्ली– स्ट्रेट अफ होर्मुजबाट ढुवानी प्रवाह पुनः सुरु गरिए पछि ऊर्जा तथा मल आपूर्तिको अवरोधलाई कम गर्ने विषयमा आशावादी रहेको भारतका सुरक्षा प्रमुख अजित डोभालले  मंगलबार नयाँ दिल्लीमा आयोजित ब्रिक्स सुरक्षा बैठकमा बताएका छन् ।

तेल तथा ग्याँस आयातका लागि प्रमुख जलमार्गको रुपमा रहेको होर्मुजको हालको अवस्था अनिश्चित रहेको छ भने इरान र संयुक्त राज्य अमेरिकाको सहमति गत हप्ता पुनः खोलिएको थियो, तर तेहरानले शनिबार लेबनानमा इजरायली आक्रमणको प्रतिक्रियामा यसलाई फेरि बन्द गरेको घोषणा गर्यो ।

भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालले ब्रिक्स राष्ट्रका सुरक्षा प्रमुखहरूले भेट वार्ता पछि यसलाई पुनः खोल्नु स्वागत योग्य विषय भएको बताए । 

यसले आपूर्ति श्रृङ्खलाका बाधाहरू कम गर्न मद्दत गर्ने र रसायिनिक मल तथा अन्य आवश्यक वस्तुहरूको  अभाव कम गर्ने डोभालले बताए ।

डोभालले सोमबार तेहरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ सदस्य इरानी अधिकारी गदिर नेजामिपुर र चिनियाँ विदेश मन्त्री वाङ्ग यीसँग भेटवार्ता गरेका थिए। 

रूस, दक्षिण अफ्रिका र ब्राजिल लगायत ब्रिक्सका अन्य प्रतिनिधिहरू पनि बैठकका लागि नयाँदिल्लीमा आएको जनाइएको छ ।

यसैबिच भारतका उद्योग तथा वाणिज्य मन्त्री पियुष गोयलले नयाँ दिल्लीमा भ्रमण गर्ने अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रिरसँग नयाँ चरणको बैठक सुरु गरेको जनाइएको छ ।

अमेरिका र भारतबिचको व्यापार सम्झौतालाई अन्तिम रूप दिन छलफल जारी रहेको भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले सामाजिक सञ्जाल मार्फत जानकारी गराए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत हप्ता जुन –१७ मा फ्रान्समा भएको जी–७ शिखर सम्मेलनको अवसरमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट–वार्त गरेका थिए । जहाँ उनले व्यापार सम्झौताका लागि लामो समय देखि चलिरहेको वार्तामा उल्लेखनीय प्रगति भएको समेत बताएका थिए । 

सम्झौता अनुसार वासिङ्टन र नयाँदिल्लीले सन् २०३० सम्ममा द्विपक्षीय व्यापारलाई ५०० अर्ब अमरिकी डलर पुगाउने लक्ष्य राखेका छन् ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ५ : ०७ बजे

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना