अत्यधिक गर्मी बढेपछि नेपालगन्जका विद्यालय बन्द « Khabarhub

अत्यधिक गर्मी बढेपछि नेपालगन्जका विद्यालय बन्द


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नेपालगन्ज– अत्यधिक गर्मी बढेपछि नेपालगन्जमा बुधबारदेखि लागू हुनेगरि तीन दिनका लागि १६३ वटा विद्यालय बन्द गरिने भएको छ । यसअघि पनि उपमहानगरले सूचना जारी गर्दै गर्मीका कारण विद्यालय बन्द गरेको थियो । 

गर्मीले विद्यार्थीलाई विद्यालय आवतजावत गर्न कठिनाइ भई स्वास्थ्यमा प्रतिकूल असर हुने जोखिमलाई ध्यान दिँदै असार १०, ११ र १२ गते विद्यालय बन्द गरिने भएको छ । 

उपमहानगरका शिक्षा महाशाखा प्रमुख गोरखबहादुर खत्रीले जल तथा मौसम विज्ञान विभागलगायतको सुझावका आधारमा तीन दिन विद्यालय तहका सम्पूर्ण पठनपाठन बन्द गरिने जानकारी दिए। उनले गर्मीले अधिकांश विद्यालयका विद्यार्थीमा बेहोस हुने, टाउको दुख्नेलगायतका लक्षण देखिएकाले विद्यालय बन्द गर्न बाध्य भएका हौँ’, भने। 

नेपालगन्ज उपमहानगरपालिकामा संस्थागत ८२, सामुदायिक ४२ र धार्मिक विद्यालय ३९ गरी कुल १६३ विद्यालय रहेका छन् । जल तथा मौसम विज्ञान कार्यालय, कोहलपुरका अनुसार त्यहाँ आजको अधिकतम तापक्रम ३९ डिग्री सेल्सियस रहेको छ ।

कार्यालयका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट रामप्रसाद अवस्थीले नेपालगन्जमा ४० र खजुरामा ३९.६ अधिकतम तापक्रम रेकर्ड भएको जानकारी दिएका छन् ।  
 

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ६ : ५७ बजे

सप्तरीको राजविराज नगर क्षेत्रमा कर्फ्यु आदेश जारी

सप्तरी– जिल्ला प्रशासन कार्यालय सप्तरीले राजविराज नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश

धनुषाको सबैला रघुनाथपुरस्थित हनुमान मन्दिरमा एक व्यक्तिको हत्या

धनुषा– धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ रघुनाथपुरमा एक व्यक्तिको

धार्मिक सद्भाव कायम राख्न हर्क साम्पाङको अपिल

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले देशमा देखिएको धार्मिक

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना