रविले दिए सभापति पदमा उम्मेदवारी, बालेन बने प्रस्तावक « Khabarhub

रविले दिए सभापति पदमा उम्मेदवारी, बालेन बने प्रस्तावक


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनको उम्मेदवारीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह प्रस्तावक बनेका छन्।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा लामिछानेले पुनः सभापतिको दौडमा उम्मेदवारी दिएका हुन्। 

उम्मेदवारी दर्ताका क्रममा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। बालेन शाह प्रस्तावक बनेसँगै रास्वपाको महाधिवेशनमा एकताको नयाँ राजनीतिक सन्देश गएको बताइँदैछ ।  

चितवनमा जारी पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारीमा रहेको रास्वपाले आगामी कार्यदिशा र संगठन विस्तारलाई पनि प्राथमिकतामा राखेको जनाएको छ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ७ : ४८ बजे

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर

आज २०८३ साल कात्तिक ५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६