रविले दिए सभापति पदमा उम्मेदवारी, बालेन बने प्रस्तावक « Khabarhub

रविले दिए सभापति पदमा उम्मेदवारी, बालेन बने प्रस्तावक


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टीको सभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। उनको उम्मेदवारीमा प्रधानमन्त्री तथा वरिष्ठ नेता बालेन शाह प्रस्तावक बनेका छन्।

पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा लामिछानेले पुनः सभापतिको दौडमा उम्मेदवारी दिएका हुन्। 

उम्मेदवारी दर्ताका क्रममा पार्टीका नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो। बालेन शाह प्रस्तावक बनेसँगै रास्वपाको महाधिवेशनमा एकताको नयाँ राजनीतिक सन्देश गएको बताइँदैछ ।  

चितवनमा जारी पहिलो महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन गर्ने तयारीमा रहेको रास्वपाले आगामी कार्यदिशा र संगठन विस्तारलाई पनि प्राथमिकतामा राखेको जनाएको छ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ७ : ४८ बजे

राष्ट्रियसभा बैठक बस्दै, गृह र शिक्षामन्त्रीले मन्त्रालयगत जवाफ दिने कार्यसूची

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । संसद

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको शिक्षा, स्वास्थ्य तथा सूचना

आज साउन १५, नेपाली समाजमा खीर खाने चलन

काठमाडौँ– आज साउन पन्ध्र अर्थात् खीर खाने दिन । परापूर्वकालदेखि

हिमपहिरोमा पर्नुअघि ब्रोड पिकको ५,८९१ मिटरमा देखिएको थियो निर्मल पुर्जाको लोकेशन

काठमाडौँ– पाकिस्तानको ८,०४७ मिटर अग्लो ब्रोड पिकमा आएको हिमपहिरोपछि सम्पर्कविहीन

कप्तानगञ्ज घटनामा पीडित परिवारसँगको सहमतिप्रति सरकार पूर्ण प्रतिवद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले सरकार सत्य, न्याय, कानुनी शासन र