आफूमाथिका मुद्दा र आरोपबारे रवि : नांगो राजनीतिक प्रतिशोध « Khabarhub

आफूमाथिका मुद्दा र आरोपबारे रवि : नांगो राजनीतिक प्रतिशोध


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन तथा प्रस्ताव प्रस्तुत गरेका छन् ।

चितवनमा जारी बन्दसत्रमा प्रस्तुत प्रतिवेदनमा लामिछानेले २०८१ मा नेकपा (एमाले) र नेपाली कांग्रेसको सरकार बनेसँगै रास्वपा र आफूमाथि नांगो राजनीतिक प्रतिशोध सुरु भएको जिकिर गरेका छन् ।

‘२०८१ साउनमा नेकपा (एमाले) र नेपाली कांग्रेसको सरकार बनेसँगै रास्वपा र ममाथि नांगो राजनीतिक प्रतिशोध सुरु भयो र त्यसका लागि संस्थागत संयन्त्रहरू प्रयोग भए,’ उनले प्रतिवेदनमा लेखेका छन् ।

उनले संसदीय छानबिन समितिको निष्कर्षविपरीत आफूविरुद्ध सहकारी ठगी र संगठित अपराधलगायत मुद्दा लगाइएको पनि जिकिर गरेका छन् ।

‘संसदीय छानबिन विशेष समितिको निष्कर्षविपरीत सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता अनुचित आरोपहरू लगाइए,’ लामिछानेले भनेका छन्, ‘एकपछि अर्को गरी नयाँ मुद्दा थपेर अभियोजन विस्तार गरियो । रातारात जेल स्थानान्तरण गरियो, ‘अन्तिम इच्छा’ सोधियो ।’

उनले आफूहरूविरुद्ध राज्यका तीनवटै अंगको दुरुपयोग गरिएको पनि दाबी गरेका छन् ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ९ : १७ बजे

एमालेमा रोकिएन किचलो, कार्यदलमा विवादबीच बल्थली रिसोर्टबाट प्रतिवेदन एउटै बनाउने जिम्मा तीन नेतालाई

काठमाडौं- नेकपा (एमाले) को निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलले

गार्डिओला गए, सिटी कमजोर भएन : म्यानचेस्टर डर्बीमा युनाइटेड फेरि निरीह

म्यानचेस्टर- म्यानचेस्टर सिटीमा १० वर्ष बसेपछि प्रशिक्षक पेप गार्डियोला गए

उत्तर कोरियाद्वारा सैन्य शक्ति प्रदर्शनको दाबी

सोल- उत्तर कोरियाले क्षेप्यास्त्र, तोपखाना र ड्रोनसहित संयुक्त प्रत्यक्ष गोलीबारी

चीनले इरानलाई सूचना दिएको खबरबारे ट्रम्प : हामी पनि उनीहरूको जासुसी गर्छौँ

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी क्षेप्यास्त्र आक्रमणमा तीन अमेरिकी

बाढीपीडितलाई सहयोग गर्ने सन्देशसहित सांस्कृतिक कार्यक्रम

काठमाडौं- यस वर्षको ‘फेसियल हाउस प्रिजेन्ट्स सेलिब्रेसन सांस्कृतिक कार्यक्रम २०८३’