रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी « Khabarhub

रास्वपा खुला दलित तर्फको केन्द्रीय सदस्यमा रमेश विश्वकर्माको उम्मेदवारी


९ असार २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदका लागि खुला दलिततर्फबाट रमेश विश्वकर्माले उम्मेदवारी दिएका छन्। उनले पार्टीभित्र समावेशी नेतृत्वलाई सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्। उनी रास्वपाको संस्थापक सदस्यसमेत हुन् ।

विश्वकर्माले आफू दलित समुदायको प्रतिनिधित्व गर्दै केन्द्रीय तहमा सशक्त आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले पार्टीको सिद्धान्तअनुसार समान अवसर, सामाजिक न्याय र समावेशी सहभागितालाई प्राथमिकता दिने उल्लेख गरेका छन्।

उम्मेदवार विश्वकर्माले केन्द्रीय सदस्यमा निर्वाचित भएमा दलित समुदायका मुद्दालाई नीतिगत तहमा उठाउने, संगठन विस्तारमा सक्रिय भूमिका खेल्ने तथा पार्टीलाई थप सुदृढ बनाउन योगदान दिने बताएका छन्। साथै, उनले पार्टीका नेता–कार्यकर्ता तथा प्रतिनिधिहरूसँग अत्यधिक मतले विजयी गराउन अनुरोध गरेका छन्।

रास्वपाको आगामी महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयन प्रक्रिया चलिरहेको अवस्थामा विभिन्न समूह र क्षेत्रबाट उम्मेदवारी घोषणा भइरहेका छन्। खुला दलिततर्फ विश्वकर्माको उम्मेदवारीले प्रतिस्पर्धालाई थप रोचक बनाएको छ।

उनी लामो समयदेखि सामाजिक सेवामा क्रियाशील छन् । साथै उनी पर्यटन व्यवसायीसमेत हुन् । उनले नेपालमा सर्वसुलभ मूल्यमा चाइनिज खानाको संस्कृति नेपालमै विकाससमेत गरिरहेका छन् ।

उनको पर्यटन विकासको योगदानको कदर गर्दै नेपाली तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले समाचार सम्प्रेषण गरिसकेका छन् ।

प्रकाशित मिति : ९ असार २०८३, मंगलबार  ११ : ४७ बजे

भोटेकोशी बाढीः चार हजार ८९ अझै बेपत्ता

काठमाडौँ – भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार

महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन कांग्रेसको आह्वान

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ महाधिवेशनमा

एसिसी प्रिमियर कपको उपाधिसहित नेपाली टोली स्वदेश फिर्ता

काठमाडौँ – ‘एसिसी प्रिमियर कप २०२६’को उपाधि विजेता नेपाली राष्ट्रिय

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ २९ गते सोमबार सन् २०२६