किसानले केराको उचित मूल्य पाए केरा : उत्पादक सङ्घ « Khabarhub

किसानले केराको उचित मूल्य पाए केरा : उत्पादक सङ्घ


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

चितवन – भारतबाट केरा आउन रोक लगाइएपछि यहाँका किसानले उचित मूल्य पाएका छन् । सरकारले बाहिरबाट केरा आयात रोक लगाएसँगै किसान प्रत्यक्ष लाभान्वित भएका हुन् ।

चितवन केरा उत्पादक सङ्घका अध्यक्ष घननाथ महतोका अनुसार किसानले बारीबाटै प्रतिकोसा केराको रु छसम्म मूल्य पाएका छन् । “यो काँचो केराको मूल्य हो । गतवर्षको यही समयमा एउटाको केरा रु दुईदेखि रु तीनमा बिक्री गर्नुपर्ने बाध्यता थियो”, उनले भने, “यस वर्ष बल्ल किसानले केराको उचित मूल्य पाएका छन् ।”

गत असोजदेखि बाहिरबाट केरा भित्रन रोक लगाइएको जनाउँदै महतोले केरा आयात हुन छाडेपछि यसवर्ष जिल्लाका किसानले सात लाख बिरुवा थप गरेका उल्लेख गरे उनले अनुसार जिल्लामा तीन हजार बिघा जमिनमा केराखेती गरिएको छ । यसबाट वार्षिक ७० हजार मेट्रिकटन केरा उत्पादन हुन्छ ।

जिल्लामा मालभोग, जिनाइन, बिलियम हाइब्रिड जातका केरा लगाइँदै आइएको महतोले जानकारी दिए । उनका अनुसार जिल्लामा करिब ७०० किसानले व्यावसायिक रूपमा केराखेती गर्दै आएका छन् ।

मूख्य रूपमा कालिका र रत्ननगर नगरपालिकामा किसानले केरा लगाएका छन् । जिल्लाका अन्य पालिकामा केराखेती गरिन्छ । तीमध्ये अधिकांशले जग्गा भाडामा लिएर केराखेती गरिरहेका केरा उत्पादक सङ्घले जनाएको छ ।

यहाँ उत्पादित केरा काठमाडौँ, पोखरा, दाङ, वीरगञ्ज, हेटौँडालगायत सहरमा जाने गर्दछ । फागुनदेखि वैशाखसम्म कम उत्पादन भए पनि अन्य मौसममा केरा उत्पादन बढी हुने सङ्घले जनाएको छ । बिरुवा लगाएको १० महिनादेखि एक वर्षमा उत्पादन लिन सकिन्छ ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ८ : २० बजे

खुर्कोट-रामेछाप दोलखा चल्ने मालवाहक गाडीलाई बिहानैदेखि चल्न दिन माग

दोलखा– सिन्धुलीको खुर्कोट- रामेछाप हुँदै दोलखातर्फ आवतजावत गर्ने मालवाहक गाडीलाई

रसुवा बाढीले निम्त्याएको संकट र व्यवस्थापनका प्रयास

रसुवा– यही भदौ १० का बाढी तथा विपद्पछि राहत, उद्धार,

विराटनगरमा असोज २२ देखि विराट ट्रेड फेयर हुँदै

काठमाडौं– शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन उद्देश्यले यहि असोज २२ गते

नेपाल टेलिकमको ब्रान्ड एम्बेसडरमा कुशल भुर्तेल र नीति शाह

काठमाडौं– नेपाल टेलिकमले आफ्नो ब्रान्ड प्रवर्द्धन, बजारीकरण तथा व्यावसायिक विस्तारलाई

जलवायु विपत्तिले बालिकाको पढाइमा बढी असर

पेरिस- जलवायुजन्य विपत्तिका कारण बालिकाहरूको पढाइ अवरुद्ध हुने र विद्यालय छाड्ने