माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते « Khabarhub

माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गण्डकी – काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका –१२ छिर्कनेस्थित पृथ्वी राजमार्गमा आज दुर्घटना हुँदा आठ जना घाइते भएका छन् ।

गण्डकी प्रदेश ०१–००१ख ०१७१ नम्बरको माइक्रोबस सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा परेको माइक्रोबसमा चालकसहित १२ जना यात्रु सवार रहेकामा चार जना सकुशल रहेका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार घाइतेहरूको डुम्रेस्थित लक्ष्मी अस्पताल र प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ८ : ५५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने