सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा « Khabarhub

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा


८ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा सञ्चालन हुने जनाएको छ ।

चालु आर्थिक वर्षको सुरुआतदेखि नै राष्ट्रिय परिचयपत्रका लागि सेवाग्राहीको अत्यधिक चाप बढेकाले आजदेखि सार्वजनिक बिदा (शनिबार र आइतबार) समेत सेवा सञ्चालन हुनेगरी काम सुरु गरिएको प्रशासकीय अधिकृत यादवबहादुर भण्डारीले जानकारी दिए । सार्वजनिक बिदाका दिन बिहान १०ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म राष्ट्रिय परिचयपत्रसम्बन्धी काम जारी रहने उनले बताए ।

यसैगरी धनगढी उपमहानगरपालिका–६, कैलारी गाउँपालिका(७ र गोदावरी नगरपालिका–८ को वडा कार्यालयबाट यसअघि सञ्चालन गरिएको अभियानका क्रममा विवरण दर्ता गराएका सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र बुझिलिन अनुरोध गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीमा गत आर्थिक वर्षमा मात्रै ७९ हजार ५६१ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गरिएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ९ : ०८ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने