कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै « Khabarhub

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै


८ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रयोजनका लागि कोशी प्रदेशसभा बैठक दिउँसो २ बजेका लागि बोलाइएको प्रदेशसभाका सचिव सुदर्शन खड्काले जानकारी दिए ।

नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन यही भदौ ३ गते फिर्ता लिएपछि मुख्यमन्त्री कार्कीले पुनः विश्वासको मत लिन लागेका हुन् । उनले मुख्यमन्त्रीका रूपमा विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो।

उनले २०८१ वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएपछि वैशाख ३१ गते पहिलो पटक विश्वासको मत लिएका थिए । यस्तै, कार्कीले एमाले र तत्कालीन माओवादीबिचको गठबन्धन टुटेर कांग्रेससँग गठबन्धन गरेपछि दोस्रो पटक २०८१ असोज २ गते विश्वासको मत लिएका थिए ।

हाल ९२ सदस्य कायम रहेको कोशी प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ। कोशीमा एमालेका ४०, कांग्रेसका २९, नेपाली कम्युनिस्ट पार्टीका १७, राप्रपाको सभामुखसहित ५ र जसपाका १ सांसद छन् ।

एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच भएको नयाँ सहमतिअनुसार प्रदेश सरकार पुनर्गठन भई गत सोमबार नयाँ मन्त्रीहरूले शपथ लिइसकेका छन्।

प्रकाशित मिति : ८ भाद्र २०८३, सोमबार  ८ : ०५ बजे

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ

बागमतीका मुख्यमन्त्री थापाले विश्वासको मत लिँदै

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज विश्वासको मत

मास्टर्नी : ‘कपी’ फिल्म

फिल्म : मास्टर्नीकलाकार : प्रियंका कार्की, आर्यन सिग्देल, प्रमोद अग्रहरी,

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिँदै

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज प्रदेशसभामा विश्वासको मत