भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न « Khabarhub

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न


८ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ । भोजपुर नगरपालिका बाहेक जिल्लाका अन्य सबै पालिकामा नयाँ नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको हो ।

नेपाली कांग्रेसका जिल्ला सभापति विनोद वान्तवाका अनुसार बुधबार सम्पन्न अधिवेशनबाट ८ वटा स्थानीय तहमा नयाँ सभापति चयन भएका छन् ।

अधिवेशनबाट षडानन्द नगरपालिकाको सभापतिमा पदम तामाङ, पौवादुङमा गाउँपालिकामा सन्तोष कोइराला, टेम्केमैयुङ गाउँपालिकामा हर्कराज राई, आमचोक गाउँपालिकामा निम्नुरी शेर्पा र अरुण गाउँपालिकाको सभापतिमा ज्ञानेन्द्र दाहाल निर्वाचित भएका छन् ।

त्यसैगरी, साल्पासिलिछो गाउँपालिकाको सभापतिमा मनराज राई र रामप्रसादराई गाउँपालिकाको सभापतिमा घमचन्द्र दाहाल निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ८ : ५१ बजे

पोखराको आकाशमा रमेको ‘प्रकृति, संस्कृित र साहस’

गण्डकी – शरद याम चलिरहेको छ । निलो आकाश र

पोखरामा यू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण सुरु

कास्की – नेपाली यूू–१९ पुरुष राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षण

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली