एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत « Khabarhub

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको २०औँ एशियन गेम्स अन्तर्गत पुरुष क्रिकेटको उद्घाटन खेलमा अफगानिस्तानले विजयी सुरुआत गरेको छ। समूह ‘ए’ को पहिलो खेलमा अफगानिस्तानले घरेलु टोली जापानलाई ४८ रनले पराजित गर्दै शानदार जित हात पारेको हो।

टस जितेर पहिले फिल्डिङ गर्ने जापानको निर्णयपछि ब्याटिङमा उत्रिएको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १२९ रनको चुनौतीपूर्ण योगफल तयार पारेको थियो। अफगानिस्तानका लागि वसिन अकरमले २९ बलमा ३४ रन र कप्तान दरविस रसुलीले २७ बलमा २९ रनको योगदान दिए। यस्तै, मोहम्मद इसहाकले २५ र करीम जनतले २१ रन जोडे। जापानका बलर शोमा स्लेटर र इब्राहिम ताकाहाशीले समान २-२ विकेट लिए।

१३० रनको विजयी लक्ष्य पछ्याएको घरेलु टोली जापान अफगानिस्तानको कसिलो बलिङसामु १९.३ ओभरमा ८१ रन बनाउँदा अलआउट भयो। जापानका लागि रेओ साकुरालो-थॉमसले सर्वाधिक २३ रन र बेन्जामिन इटो-डेभिसले १७ रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन्।

जापानलाई सस्तैमा समेट्न अफगानिस्तानका स्पिनर अरब गुलले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा ८ रन मात्र दिएर ४ विकेट लिए। उनलाई साथ दिँदै नगेयालिया खरोटेले १९ रन खर्चेर ३ विकेट र अब्दुल्लाह अहमदजाईले २ विकेट लिएका थिए।

समूह ‘ए’मा जापान अफगानिस्तानसँगै नेपाल रहेका छन् । नेपालले शुक्रबार नेपालले अफगानिस्तानको सामना गर्दै एसियन गेम्सको सुरुवात गर्नेछ । नेपाल र अफगानिस्तानको खेल शुक्रबार बिहान १० : ४५ बजे सुरु हुनेछ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ९ : ४९ बजे

बेँसीसहर–चामे सडकमा राति गाडी चलाउन नपाइने

लमजुङ– बाढीपहिरोको जोखिमलाई दृष्टिगत गर्दै स्थानीय प्रशासनले बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ

जुफाल विमानस्थलमा सीता एयरको जहाज दुर्घटना, १३ यात्रु सकुशल

डोल्पा – नेपालगन्जबाट डोल्पाको जुफाल विमानस्थलका लागि उडेको सीता एयरको

परराष्ट्रमन्त्री खनाल र पाकिस्तानका उपप्रधानमन्त्री दारबीच न्युयोर्कमा भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र पाकिस्तानका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री

विकासको अधिकार सुनिश्चित गर्न विश्वव्यापी ऐक्यबद्धता आवश्यक छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले विकासको अधिकार सुनिश्चित गर्न सुदृढ

एशियन गेम्स क्रिकेट: जापानलाई ४८ रनले हराउँदै अफगानिस्तानको विजयी सुरुआत

काठमाडाैँ – जापानको निसिनस्थित कोरोगी स्पोर्ट्स पार्कमा बिहीबारदेखि सुरु भएको