काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन « Khabarhub

काभ्रेका १२ स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काभ्रे– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काभ्रेपलाञ्चोकका १२ स्थानीय तहमा पालिका स्तरीय अधिवेशन सम्पन्न भई नयाँ नेतृत्व चयन भएको छ ।

जिल्लाका १३ स्थानीय तहमध्ये खानीखोला गाउँपालिका बाहेक १२ स्थानीय तहमा बुधबार अधिवेशन सम्पन्न भई सभापतिसहित कार्यसमिति निर्वाचित भएको नेपाली कांग्रेस क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति दिनेश लामाले जानकारी दिए ।

मण्डनदेउपुर नगरपालिकामा रामहरि सापकोटा, पाँचखाल नगरपालिकामा सञ्जय तामाङ, भुम्लु गाउँपालिकामा मञ्जु शाह ठकुरी, धुलिखेल नगरपालिकामा विदुर बस्नेत, पनौती नगरपालिकामा रुपक महत, चौरीदेउराली गाउँपालिकामा राजेश गौतम, तेमाल गाउँपालिकामा बिकुलाल तामाङ, बेथानचोक गाउँपालिकामा डिगमान तामाङ, रोशी गाउँपालिकामा दिल दोर्जे लामा, बनेपा नगरपालिकामा रामराज जोशी, महाभारत गाउँपालिकामा सागर मोक्तान र नमोबुद्ध नगरपालिकामा कृष्ण लामा सभापतिमा निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  १० : ४० बजे

बाढी प्रभावितलाई उबरको ५० लाख सहयोगसहित ‘राइड फर नेपाल’ अभियान सुरु

काठमाडौं– बाढी प्रभावितमा सहयोग पुर्‍याउने उद्देश्यले ‘उबरले राइड फर नेपाल’

तीन सञ्चारमाध्यमलाई ह्वाइट हाउस प्रवेशमा लगाइएको प्रतिबन्ध रोकियो

न्युयोर्क– अमेरिकी सङ्घीय न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले सीएनएन, एमएस

रसुवा बाढी प्रभावित बालबालिकाको उद्धार र पुनर्मिलन प्राथमिकतामा राखेका छौँ : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

युक्रेन युद्धमा ४७ देशका नागरिक रुसी पक्षबाट लड्दैछन् : जेलेन्स्की

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले युक्रेनविरुद्धको युद्धमा ४७ देशका

बाढी अगाडि महानगरको पूर्वतयारी : र्‍याफ्टिङ बोट, पानी तान्ने पम्प र विद्यालयमा अस्थायी होल्डिङ सेन्टर

काठमाडौं– काठमाडौँ महानगरपालिकाले मौसमजन्य सम्भावित विपद् जोखिम घटाउन पूर्वतयारी र