राज्य व्यवस्था समितिबाट संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक विधेयक पारित « Khabarhub

राज्य व्यवस्था समितिबाट संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक विधेयक पारित


८ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयकलाई पारित गरेको छ । 

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले सर्वसम्मत रुपमा उक्त विधेयक पारित गरेको हो । सरकारी कोषबाट दोहोरो सेवा–सुविधा लिने विषय पहिचान भएपछि सर्वोच्च अदालतमा रिट परेको र त्यसमा अदालतको फैसला कार्यान्वयनका लागि सरकारले दुई वटा दफा मात्रै संशोधन गर्न उक्त विधेयक ल्याएको थियो ।

विधेयकमा सरकारी कोषबाट निवृत्तिभरण प्राप्त गरिरहेको वा पाउने अवस्था भएको कुनै व्यक्ति कुनै प्रमुख पदाधिकारी वा पदाधिकारीको पदमा नियुक्त भएमा, सो पदमा बहाल रहेसम्म निवृत्तिभरण नपाउने व्यवस्था गरिएको छ । 

योग्यता पुगेका पूर्व सरकारी कर्मचारीहरू संवैधानिक निकायमा पदाधिकारीका रूपमा नियुक्त हुन सक्ने भए पनि बहाल रहँदा तलब र पेन्सन दुवै एकसाथ लिन नपाउने र पछि पदावधि समाप्त भएपछि सो अवधिलाई समेत जोडेर गणना गर्न सकिने गरी कानुनी बाटो खुला रहेको कानून मन्त्री सोविता गौतमले बताइन् । 

उनले राज्यको सीमित आर्थिक स्रोतलाई व्यवस्थित र वैज्ञानिक ढङ्गले सदुपयोग गर्नु तथा दोहोरो आर्थिक भार पर्न नदिनु नै यस कानुनको मुख्य उद्देश्य रहेको धारणा राखिन् । 

समिति सभापति हरि ढकालले सर्वसम्मत रुपमा संशोधन विधेयक पारित भएको भन्दै संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी मूल ऐनलाई नै संशोधन गर्नेगरि संसदको आगामी अधिवेशनमा पेश गर्न निर्देशन दिइन् । 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  १ : ४३ बजे

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा

विदेश पठाउन लागिएको एक हजार प्याकेट चुरोट बरामद

काठमाडौं – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्स भवनबाट आवश्यक कागजपत्रबिना

स्थानीय फूललाई प्राथमिकता दिनुपर्छ : महामन्त्री पौडेल

तनहुँ – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तिहारमा स्वदेशमै उत्पादन

बसको ठक्करबाट महिलाको मृत्यु

पाल्पा – बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

दसैँमा सवारी दुर्घटनाबाट १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते

काठमाडौं – दसैँको अवधिमा देशभर भएका सवारी दुर्घटनामा परी १२४