प्रकाश सपूतसहित कलाकारको ‘सुरताल म्युजिकल टुर’, १३ सहरमा सांगीतिक माहोल « Khabarhub

प्रकाश सपूतसहित कलाकारको ‘सुरताल म्युजिकल टुर’, १३ सहरमा सांगीतिक माहोल


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली संगीतका चर्चित कलाकारहरूलाई एउटै मञ्चमा उभ्याउँदै ‘सुरताल म्युजिकल टुर २०८३’ आयोजना हुने भएको छ । 

गायक प्रकाश सपूत, ‘भाका नेपाल’ ब्यान्ड, गायक प्रमोद, ‘परम्परा ब्यान्ड’ र ‘फिरेन्ते ब्यान्ड’को सहभागितामा हुने सांगीतिक यात्रा देशका सातै प्रदेशका १३ प्रमुख सहरमा पुग्नेछ।

सुरताल इभेन्ट एन्ड एम्युजमेन्ट प्रालिको आयोजनामा हुने टुर असोज १० गते धनकुटाको हिलेबाट सुरु हुनेछ । आयोजकका अनुसार सांगीतिक यात्रामार्फत चर्चित गीतसँगै नयाँ प्रस्तुतिसमेत दर्शकमाझ पुर्‍याइनेछ ।

टुरको मुख्य आकर्षण प्रकाश सपूतको लाइभ प्रस्तुति हुनेछ । यसपटक उनी आफ्ना चर्चित तथा सन्देशमूलक गीत लिएर ‘ट्र्याक’मा मात्र नभई ‘भाका नेपाल’ ब्यान्डसहित प्रत्यक्ष प्रस्तुतिमा देखिनेछन् । त्यस्तै, गायक प्रमोद, ‘परम्परा ब्यान्ड’ र ‘फिरेन्ते ब्यान्ड’ले पनि लाइभ संगीतमार्फत दर्शकलाई मनोरञ्जन दिनेछन् ।

कार्यक्रमलाई परम्परागत कन्सर्टभन्दा फरक बनाउने तयारी गरिएको आयोजकले जनाएको छ । अत्याधुनिक साउन्ड सिस्टम, आकर्षक लाइटिङ, लाइभ इन्स्ट्रुमेन्ट, कोरस, डान्स र गीतको भावअनुसारका मञ्चीय प्रस्तुतिले कार्यक्रमलाई थप विशेष बनाउने तयारी छ। कार्यक्रम निशा पन्थीले सञ्चालन गर्नेछिन् ।

‘सुरताल’को अर्को महत्त्वपूर्ण पक्ष यसको सामाजिक उद्देश्य पनि हो । आयोजकका अनुसार कार्यक्रमको खर्च कटाएर बाँकी हुने कुल आम्दानीको २० प्रतिशत रकम बाढी तथा विपद्बाट प्रभावित नागरिकको राहत र पुनर्स्थापनाका लागि प्रदान गरिनेछ ।

यसअघि पोखराबाट टुर सुरु गर्ने तयारी भए पनि बाढीका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै पोखरा र धरानका कार्यक्रम स्थगित गरिएको थियो । त्यसपछि हिलेबाट टुर सुरु गर्ने निर्णय गरिएको सुरताल इभेन्टका अध्यक्ष प्रशान्त सुनारले बताए ।

उनका अनुसार यो अभियान मनोरञ्जनमा मात्र सीमित नभई विपद्को समयमा नागरिकसँग जोडिने र नेपाली मौलिक संगीतलाई देशका विभिन्न भूगोल तथा समुदायसम्म पुर्‍याउने उद्देश्यले अघि बढाइएको हो ।

टुरअन्तर्गत असोज १० गते हिले, असोज १४ गते तेह्रथुम, असोज १७ गते खाँदबारी र असोज १९ गते बर्दिबासमा कार्यक्रम हुनेछ। यससँगै पहिलो चरणको टुर पूरा हुनेछ ।

दोस्रो चरण मंसिर २ गते महेन्द्रनगरबाट सुरु हुनेछ। त्यसपछि मंसिर ५ गते धनगढी, ८ गते नेपालगञ्ज, १२ गते सुर्खेत, १६ गते तुलसीपुर, १९ गते बुटवल र २६ गते चितवनमा सांगीतिक कार्यक्रम आयोजना हुनेछ । 

त्यसपछि पोखरा र धरानमा कार्यक्रम गर्दै ‘सुरताल म्युजिकल टुर २०८३’ को समापन गरिने आयोजकले जनाएको छ । 

स्थानीय दर्शकको रुचि र सम्बन्धित ठाउँको सांगीतिक वातावरणलाई समेत ध्यानमा राखेर प्रस्तुति तयार गरिने आयोजकको भनाइ छ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ३ : १८ बजे

नेपाल-आइसल्यान्ड परराष्ट्रमन्त्रीस्तरीय साइडलाइन भेटवार्ता

न्यूयोर्क- परराष्ट्रमन्त्री शिशिर खनाल र आइसल्यान्डकी समकक्षी पाेर्गदर क्याट्रिन गुनार्सदोतिरबीच

राष्ट्रिय व्यावसायिक पहलद्वारा बाढी प्रभावितका लागि सौर्य लालटिन हस्तान्तरण

काठमाडौं– राष्ट्रिय व्यावसायिक पहलले स्केन्डर इलेक्ट्रिकको सहयोगमा रसुवा भोटेकोशी बाढीबाट

राष्ट्रसङ्घीय महासभामा साइडलाइनमा हिमाली जलवायु सङ्कटबारे अन्तर्राष्ट्रिय संवाद हुने

काठमाडौं- संयुक्त राष्ट्रसङ्घीय महासभाको ८१औँ सत्रको साइडलाइनमा क्रायोस्फियरमा देखिएको जलवायु

ग्लोबल आइएमई बैंकको २०औँ साधारणसभा १६ गते

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको दुई दशक पूरा

बङ्गलादेशमा मानव अधिकार संरक्षण कमजोर पारिएको ह्युमन राइट्स वाचको दाबी

ढाका– बङ्गलादेशको संसद्ले सेप्टेम्बरमा पारित गरेका तीनवटा नयाँ कानूनले मानव