कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई उच्च सतर्कतामा रहन निर्देशन « Khabarhub

कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई उच्च सतर्कतामा रहन निर्देशन


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– मौसम पूर्वानुमान महाशाखाले भारी वर्षाको सम्भावना औँल्याएसँगै कोशी प्रदेश सरकारले सम्भावित विपद् पूर्वतयारीलाई तीव्र बनाएको छ । 

भौतिक पूर्वाधार विकास मन्त्रालयले प्रदेशका १४ वटै जिल्लास्थित आफ्ना मातहतका कार्यालय, कर्मचारी, उपकरण तथा जनशक्तिलाई उच्च सतर्कतामा रहन कडा निर्देशन दिएको छ ।

बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावका कारण हावाहुरी र भारी वर्षाको सम्भावना रहेकाले सडक तथा पूर्वाधारमा पुग्न सक्ने सम्भावित क्षति न्यूनीकरण र तत्काल मर्मतका लागि संयन्त्र तम्तयार राखिएको  प्रदेश भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्यले जानकारी दिए ।

वर्षाका कारण उत्पन्न हुनसक्ने प्राकृतिक विपत्ति र त्यस बखत तत्काल गर्नुपर्ने उद्धार तथा राहतका कामका लागि स्थानीय तह र अन्य सरोकारवाला निकायसँग प्रभावकारी समन्वय गर्न निर्देशन दिइएको मन्त्री आचार्यले जानकारी दिए ।

यसैबीच, मन्त्री आचार्यले जोखिमयुक्त सडक, पुल तथा पूर्वाधारको नियमित निगरानी बढाउन, उपलब्ध जनशक्ति, मेसिन तथा उपकरणलाई तयारी अवस्थामा राख्न र कुनै पनि विपद् आइपरे तत्काल परिचालन भई मन्त्रालयलाई जानकारी गराउन मातहतका निकायलाई निर्देशन दिए ।

उनले विपद्को सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोशी प्रदेशवासी आम जनसमुदायलाई उच्च सतर्कता अपनाउन अपिल गरेका छन् ।
 

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ३ : ३१ बजे

नेप्से परिसूचक ११ अंकले बढ्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो

खोरेतको खोप गोठगोठमै खोप

झापा– गाईभैँसीमा खोरेतको सङ्क्रमण बढेसँगै  जिल्लाका १५ वटै पालिकाका किसानले

एसियाली खेलकुद प्रतियोगिता : कबड्डीमा नेपालको जित

काठमाडौं– जापानमा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा

एक वर्षमै २ हजार ४९० करोड भारूले घट्यो शाहरुखको सम्पत्ति

काठमाडौं– बलिउडका ‘किङ’ शाहरुख खानको अनुमानित सम्पत्तिमा ठूलो गिरावट आएको

बहुगुणी कन्दमूल ओलबाट प्रशस्त आम्दानी

सर्लाही– सर्लाहीको बरहथवा क्षेत्रका किसानले बहुगुणी कन्दमूल ओलखेतीबाटै पनि मनग्य