कर्णाली याक्सलाई पल्मबर पाइपको साथ « Khabarhub

कर्णाली याक्सलाई पल्मबर पाइपको साथ


८ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली कर्णाली याक्सले पल्मबर पाइपसँगको सहकार्यलाई निरन्तरता दिएको छ । कर्णाली याक्स र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजबीच एनपिएलको तेस्रो संस्करणका लागि आज सम्झौता भएको हो ।

सम्झौतापत्रमा कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक नीतिन जलानले हस्ताक्षर गरे । सम्झौतासँगै जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजको उत्पादन पल्मबर पाइप सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सिजन–३ मा कर्णाली याक्सको ‘हेडगेयर पार्टनर’ रहनेछ ।

सम्झौता तीन वर्षको लागि भएको हो । पल्मबर गत सिजन कर्णाली याक्सको प्रमुख प्रायोजकका रूपमा जोडिएको थियो । यस पटक भने साझेदारीको स्वरूप परिवर्तन भए पनि पल्मबरले कर्णाली याक्ससँगको सहकार्यलाई निरन्तरता दिएको हो । कर्णाली याक्सका क्रिकेट निर्देशक मल्लले गत यामदेखि सुरु भएको पल्मबरसँगको सहकार्यलाई यसपटक पनि निरन्तरता दिन पाउँदा खुसी लागेको बताए ।

“यो केवल प्रायोजन वा व्यावसायिक साझेदारी मात्र होइन, कर्णाली याक्सप्रतिको विश्वास र हाम्रो यात्रामा साथ दिने प्रतिबद्धताको निरन्तरता पनि हो । एनपिएलको तेस्रो संस्करणमा पनि पल्मबरको साथले हाम्रो टोलीलाई थप ऊर्जा र उत्साह दिने विश्वास लिएका छौँ,” उनले भने । साथै उनले पल्मबरले क्रिकेट विकासका लागि गत यामदेखि नै आफैँ अग्रसर भएर कर्णाली याक्ससँग जोडिनुभएको र निरन्तर सहयोगका लागि धन्यवाद प्रदान गरे ।

जय बागीश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका जलानले गत यामदेखि कर्णाली याक्ससँग जोडिएर काम गर्ने अवसर पाएका र त्यो सहकार्यलाई यसपटक पनि निरन्तरता दिन पाउँदा उत्साहित रहेको बताए । आगामी कात्तिक ९ देखि मङ्सिर ५ गतेसम्म सञ्चालन हुने एनपिएलका लागि कर्णाली याक्सले दुई विदेशी खेलाडी मार्क वाट र अक्बर अलीलाई आबद्ध गरिसकेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ६ : ०४ बजे

दक्षिण अफ्रिकी स्टार डेभिड मिलर कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – दक्षिण अफ्रिकाका आक्रामक ब्याटर डेभिड मिलर नेपाल प्रिमियर

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चार माध्यमसमेत झुक्किए

वासिङ्टन – अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौं – उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन गरी

चीनद्वारा नयाँ रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण

ताइयुआन – चीनले शुक्रबार उत्तरी चीनको शान्सी प्रान्तस्थित ताइयुआन स्याटेलाइट

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की – आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण