विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक « Khabarhub

विराज-समीर आमनेसामने, ‘१२ गाउँ-२’को एक्सनप्रधान टिजर सार्वजनिक


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बन्दुकको गोली, तीव्र भिडन्त र मारधाडका दृश्यले भरिएको नेपाली फिल्म ‘१२ गाउँ २’को टिजर सार्वजनिक भएको छ।

विराज भट्टको निर्देशनमा बनेको फिल्मको १ मिनेट ४९ सेकेन्ड लामो टिजर निर्माण पक्षले बुधबार सार्वजनिक गरेको हो। टिजरमा अभिनेता विराज भट्ट र समीर भट्टलाई शक्तिशाली एक्सन अवतारमा प्रस्तुत गरिएको छ।

भ्वाइसओभरबाट सुरु हुने टिजरमा फिल्मका दुई प्रमुख पात्रलाई परिचय गराउँदै उनीहरूबीच हुनसक्ने ठूलो भिडन्तको संकेत गरिएको छ। टिजरमा गोली चलाउनेदेखि हातपात र तीव्र भिडन्तसम्मका एक्सन दृश्यलाई प्राथमिकता दिइएको छ।

विराज र समीरका पात्रबीचको सम्बन्ध तथा उनीहरू किन आमनेसामने हुन्छन् भन्ने कुरा भने टिजरमा खुलाइएको छैन। बरु अन्त्यमा सुनिने संवादले फिल्मको कथाप्रति दर्शकको जिज्ञासा थप बढाउँछ।

‘जब दुई शक्ति आमनेसामने हुन्छन्, फैसला युद्धले होइन, एउटाको अन्त्यले गर्छ’ भन्ने भ्वाइसओभरसँगै टिजर सकिन्छ।

फिल्ममा विराज र समीरसँगै अनुपविक्रम शाही, खुशी कार्की, कृशु शाही (काफिया), वर्षा इटानी, सुनिल पोखरेल, प्रकाश शाह, कालु राना, सुधीर श्रेष्ठ र पुष्कर भट्टलगायत कलाकारको अभिनय छ।

विराज भट्ट प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मकी निर्माता सरस्वती भट्ट हुन् भने कथा तथा पटकथा सन्तोष सरकारले लेखेका हुन्। महेश पौडेल डीओपी, राम केसी र राजु लामा सिनेमाटोग्राफर तथा बन्दे प्रसाद सम्पादक हुन्। फिल्मको एक्सन स्टन्ट शिल्भा र शंकर महर्जनले गरेका छन्।

एक्सनलाई मुख्य विषय बनाइएको ‘१२ गाउँ २’ असोज ३० गतेदेखि प्रदर्शनमा आउनेछ।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  ८ : ०८ बजे

चाडपर्वमा कालोबजारी र अस्वाभाविक मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

महेन्द्रनगर– चाडपर्वका बेला खाद्यान्न, इन्धन तथा ग्यासको कृत्रिम अभाव, कालोबजारी,

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

यमनमा राष्ट्रपतिको कार्यालय परिसरमा हुथी समूहको आक्रमण, पाँच जनाको मृत्यु

एजेन्सी – यमनको दक्षिणी बन्दरगाह सहर एडेनस्थित राष्ट्रपतिको कार्यालय परिसरमा हुथी

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न होटल तथा रेस्टुरेन्टलाई विभागको निर्देशन

काठमाडौँ – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र

नवरात्रको छैटौँ दिन : कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ– दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा