ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ « Khabarhub

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ


८ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच ह्वाइट हाउसमा वार्ता सुरु भएको छ। सीलाई ह्वाइट हाउसमा स्वागत गर्दै ट्रम्पले आफूहरूबीचको छलफलले आगामी दशकको शान्तिलाई निर्देशित गर्ने बताए।

‘राष्ट्रपति सी अमेरिकाको दोस्रो राजकीय भ्रमण गर्ने पहिलो चिनियाँ नेता बन्नुभएको छ। यहाँहरूलाई वासिङ्टनमा आतिथ्य प्रदान पाउनु मेलानिया र मेरोलागि सम्मानको कुरा हो,’ ट्रम्पले भने।

‘यस भ्रमणका क्रममा हामी सुरक्षा, प्रविधि र सुपर इन्टेलिजेन्स (एसआई)सँग सम्बन्धित महत्वपूर्ण विषयमा पनि छलफल गर्नेछौँ,’ ट्रम्पले भने, ‘यी क्षेत्रमा आज हामीले गर्ने निर्णयले दशकौँसम्म शान्ति र समृद्धि प्रवर्द्धन गर्न सक्छ।’

उनले एआईलाई एसआई भन्न थालेका छन्। उनले दोस्रो विश्वयुद्धदेखि नै अमेरिका र चीनबीच मित्रवत् सम्बन्ध भएको उल्लेख गर्दै सीसँग मिलेर आफूले ठूलो प्रगति गरिसकेको बताए।

उनले व्यापारमा भएको प्रगतिबारे बोल्दै व्यापार सम्बन्ध अब पहिलेभन्दा सन्तुलित बनाउन काम गरिरहेको जनाए।

सीले पनि मित्रता र सहकार्य बढाउन आफू अमेरिका आएको स्पष्ट पारे।

‘राष्ट्रपति ट्रम्पको निमन्त्रणामा म अमेरिका आएको हुँ। हाम्रो मित्रतालाई निरन्तरता दिन, सहकार्य विस्तार गर्न र दुवै देशका जनताको हित तथा समृद्धि प्रवर्द्धन गर्न यो भ्रमण गरेको हुँ,’ उनले भने, ‘आज विश्व, समय र इतिहासमा ठूला परिवर्तनहरू भइरहेका छन्। यस्तो अवस्थामा चीन र अमेरिका दुवैले मानव विकास र प्रगतिलाई अघि बढाउने ऐतिहासिक जिम्मेवारी वहन गरिरहेका छन्।’

उनले चीन र अमेरिका दोस्रो विश्वयुद्धमा मिलेर फासीवादसँग लडेको स्मरण पनि गरे।

ट्रम्पसँग मिलेर ‘चीन–अमेरिका सम्बन्धको विशाल जहाजलाई स्थिर गतिमा भविष्यतर्फ अघि बढाउने’ काम गर्न आफू तयार रहेको उनको भनाइ थियो। चिनियाँ कम्पनीहरूलाई अमेरिकामा निष्पक्ष व्यवहार गरिने आशा पनि सीले व्यक्त गरे।

उनले एआईको विकास सुरक्षित ढंगले गर्नुपर्ने बताए।

‘चीन र अमेरिका दुवै एआईको क्षेत्रमा अग्रणी देश हुन्,’ उनले भने, ‘एआईलाई मानव हितमा विकास र व्यवस्थापन गर्ने क्षमता र जिम्मेवारी दुवै हामीसँग छ। एआईको विकास सधैँ मान्छेको नियन्त्रणमा रहने र जनताको हितमा प्रयोग हुने सुनिश्चित गर्नुपर्छ।’

उनले आगामी पाँच वर्षमा एक लाख अमेरिकी युवालाई चीन भ्रमणको निमन्त्रणा दिँदै एक अमेरिकी चिडियाखानालाई दुई वटा पाण्डा दिने पनि उल्लेख गरे।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहीबार  १० : ५९ बजे

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर

ट्रम्प र सीबीच वार्ता जारी

काठमाडौँ । डोनाल्ड ट्रम्प र सी चिनफिङबिच ओभल अफिसमा द्विपक्षीय

परराष्ट्रमन्त्री खनाल ‘मध्यस्थता समूह’को बैठकमा सहभागी

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय ‘मध्यस्थता समूह’को बैठकमा