इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत « Khabarhub

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत


७ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन सक्ने सङ्केत दिँदै आवश्यक परे अमेरिकाले इरानको सम्पूर्ण तेल कब्जा गर्न वा पूरै देशलाई आफ्नो नियन्त्रणमा लिन सक्ने दाबी गरेका छन् । फ्लोरिडामा आयोजित एक र्‍यालीमा सहभागी हुन ह्वाइट हाउसबाट निस्कने क्रममा शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले इरान अहिले कमजोर अवस्थामा रहेको बताए ।

“इरानले अहिले खासै केही गर्न सक्ने अवस्थामा छैन । हामीले चाह्यौँ भने त्यहाँको सबै तेल कब्जा गर्न सक्छौँ,” उनले भने, “हामी पूरै देश नै कब्जा गर्न सक्छौँ ।” इरानसँगको द्वन्द्व अझै एक वर्षसम्म लम्बिन सक्ने संयुक्त राष्ट्रसङ्घका लागि अमेरिकी राजदूत माइक वाल्ट्जको भनाइबारे सोधिएको प्रश्नमा ट्रम्पले द्वन्द्व छिट्टै अन्त्य गर्न सकिने बताए ।

“हामी यसलाई निकै छिटो अन्त्य गर्न सक्छौँ । प्रश्न यो हो—के हामी यसलाई पूर्ण रूपमा टुङ्ग्याउन चाहन्छौँ वा आफैँ कमजोर हुँदै जान दिने हो?” उनले भने । पछि फ्लोरिडामा आयोजित र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले इरानविरुद्ध अर्को सैन्य कारबाही सञ्चालन गर्न सकिने सङ्केत गरे । “हामी अर्को एउटा सानो ‘एपिक फ्युरी’ सञ्चालन गर्न सक्छौँ,” उनले भने ।

‘एपिक फ्युरी’ नाम अमेरिकाले फेब्रुअरी २८ मा इजरायलसँग समन्वय गर्दै इरानविरुद्ध सञ्चालन गरेको सैन्य कारबाहीसँग सम्बन्धित छ । अमेरिका र इजरायलले अमेरिकी मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः आक्रमण गर्ने योजनाबारे छलफल गरिरहेको भन्ने समाचार सार्वजनिक भइरहेका बेला ट्रम्पको पछिल्लो अभिव्यक्ति आएको हो ।

यद्यपि, इरानविरुद्ध अर्को सैन्य कारबाही सञ्चालन गर्न ट्रम्पले अन्तिम स्वीकृति दिन्छन् वा दिँदैनन् भन्ने विषय अझै अनिश्चित रहेको अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन् । ट्रम्पको पछिल्लो अभिव्यक्तिले अमेरिका र इरानबीचको तनाव थप चर्किन सक्ने सङ्केत गरेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शनिबार  ७ : ३५ बजे

इरानले अमेरिकीहरूलाई निसाना बनाउने प्रयास बढाएको अमेरिकी गुप्तचर प्रमुखको दावी

वासिङ्टन – इरानले मध्यपूर्व र त्यसभन्दा बाहिर अमेरिकीहरूलाई निसाना बनाउने

तनहुँको जामुनेमा तीन वटा सवारी साधन ठोक्किए

दमौली (तनहुँ)- पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–२ जामुनेस्थित पृथ्वीराजमार्गमा आज

इरानमाथि फेरि आक्रमण गर्ने ट्रम्पको सङ्केत

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध पुनः सैन्य कारबाही हुन

२४ घण्टामा देशभर २० विपद्का घटना, आठ जना घाइते

काठमाडौँ- देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका २० वटा विपद्का

दाङमा सराय नाचको रौनक सुरु

घोराही (दाङ)- दाङमा यस वर्षदेखि सराय नाच मेलाको सुरुआत गरिएको