बंगलादेशमा बालविवाह भयावह « Khabarhub

बंगलादेशमा बालविवाह भयावह


७ कार्तिक २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षामा तत्काल लगानी बढाउन तथा बालविवाह गराउने कानुनी छिद्रहरू बन्द गर्न संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले बंगलादेशको सरकारलाई आग्रह गरेको छ। बङ्गलादेश बहुसूचक क्लस्टर सर्वेक्षण २०२५ अनुसार २० देखि २४ वर्ष उमेर समूहका ४७.२ प्रतिशत महिलाको विवाह १८ वर्ष नपुग्दै भएको पाइएपछि यो विषय प्रमुखताका साथ उठेको हो।

बङ्गलादेशको तीन दिने भ्रमणमा पुगेकी युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसेलले बालिकाहरूलाई विद्यालयमा टिकाइराख्नु उनीहरू र समग्र देशकै उज्ज्वल भविष्यका लागि आवश्यक रहेको बताइन् । युनिसेफका अनुसार बालविवाहले बालिकाहरूलाई पढाइबाट वञ्चित गराउने, उमेर नपुगी आमा बनाउने र जीवनका अवसरहरू सीमित पार्ने गर्दछ ।

ढाकाको कोराइल सुकुम्बासी बस्ती पुगेकी रसेलले त्यहाँका बालबालिका तथा अभिभावकसँग गरिबी र शिक्षाका चुनौतीबारे छलफल गरेका थिए भ्रमणका क्रममा १४ वर्षकै उमेरमा विवाह हुनबाट जोगिएकी बुशरा नामकी बालिकाको प्रसङ्गलाई पनि विशेष रूपमा प्रस्तुत गरिएको थियो।

कार्यकारी निर्देशक रसेलले परराष्ट्र राज्यमन्त्री शमा ओबाएद इस्लाम लगायत उच्च अधिकारीहरूसँग भेट गर्दै शिक्षा र स्वास्थ्य क्षेत्रमा कुल गार्हस्थ्य उत्पादनको ५ प्रतिशत लगानी गर्ने सरकारी प्रतिबद्धतालाई द्रुत रूपमा कार्यान्वयनमा ल्याउन आग्रह गरिन् । यसैबीच, कोक्स बजार पुगेर रोहिङ्गा बालबालिका र परिवारसँग भेट गरेकी उनले शरणार्थी बालबालिकालाई शोषण र बालविवाहबाट जोगाउन शिक्षा अनिवार्य रहेको बताउँदै घटेको मानवीय सहायताप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराइन् ।

प्रकाशित मिति : ७ कार्तिक २०८३, शनिबार  ७ : ५८ बजे

एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार

काठमाडौं– एनएमबि बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो

पत्रकारको सत्तामा पत्रकारिताको चीरहरण ! 

रुसमा एक जार शासक थिए । उनको नाम थियो– काउन्ट

मण्डनदेउपुरमा निःशुल्क आँखा शिविर

बनेपा– मण्डनदेउपुर नगरपालिका–९ लाकुरेधारमा सञ्चालित निःशुल्क आँखा शिविरबाट १५० जना लाभान्वित

नागढुङ्गा सुरुङमार्गमा सडक दस्तुर संकलन सुरु

काठमाडौँ– नागढुङ्गा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आजदेखि सडक दस्तुर संकलन

इरानमा अझै एक–दुई लक्ष्यमा आक्रमण गर्न बाँकी छ : ट्रम्प

काठमाडौँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अधिकांश सैन्य क्षमता ध्वस्त