बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै « Khabarhub

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ । चालू आर्थिक वर्षको ६ महिनामा थप ८६ जना नयाँ कुष्ठरोगी पहिचान भएका छन् ।

साउनदेखि पुस महिनासम्म ५७ जना पुरुष र २९ जना महिला गरी ८६ जना कुष्ठरोगी पहिचान भएको जानकी गाउँपालिका–३ स्थित साइनिङ अस्पताल आइएनएफ बाँकेले जनाएको छ ।

साइनिङ अस्पताल आइएनएफ बाँकेले विश्व कुष्ठरोग दिवसको पूर्वसन्ध्यामा पत्रकारसँगको अन्तरक्रियामा अस्पताल प्रमुख मङ्गलबहादुर थारुले बाँकेका नरैनापुरलगायतका दुर्गम स्थानमा कुष्ठ रोगका नयाँ बिरामी फेला परेको उल्लेख गर्दै सबैभन्दा बढी मधेसी समुदायमा सो रोग देखिएको जानकारी दिए । त्यस बाहेक थारु समुदायमा पनि कुष्ठ रोगका विरामी देखिएका छन् ।

बाँकेमा ३६, बर्दियाका १२, जाजरकोट, रुकुम र कैलालीका पाँच पाँच, अछामका तीन, दैलेखका दुई, दाङ, प्युठान, रोल्पा र सल्यानका एकएक जना र भारतीय १४ जना कुष्ठरोगी फेला परेको अस्पतालले जनाएको छ । गत बर्ष १७४ जना नयाँ कुष्ठरोगी भेटिएकोमा बाँकेका मात्र ९३ जना थिए ।

२४ शय्याको सो अस्पतालले त्यस अवधिमा नौ हजार ८३१ जनालाई वहिरङ्ग सेवासमेत प्रदान गरेको जनाएको छ । त्यसैगरी स्वास्थ्य समस्या पहिचान तथा अनुगमनका लागि अन्य प्रयोगशालाबाट १० हजार ७९५ जनाको परीक्षण गरिएको छ भने ७०४ जनाको स्नायुको कार्यक्षमता जाँच गरिएको छ ।

यो जाँच अपाङता शीघ्र पहिचान तथा रोकथामका लागि गर्ने गरिन्छ । त्यसैगरी अपाङगताबाट नै जोगाउन ६९ जनालाई फिजियोथेरापी अभ्यास गराइएको छ ।

नेपालमा सन् २०१० मा नै राष्ट्रियस्तरमा कुष्ठरोग निवारण भइसकेको छ । तर, बाँकेमा भने कुष्ठरोगको प्रभाव दर उच्च देखिएको छ । आइतबार कुष्ठरोग विरुद्धको दिवस मनाइँदैछ । (रासस)

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ७ : ०७ बजे

भोटेकोशी बाढी : एक हजार २०४ शव फेला

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीमा परी मृत्यु भएका एक हजार

भोटेकोशी बाढीसँगै बगेका नौ शव भारतबाट नेपाल ल्याइयो

रूपन्देही – भोटेकोशी नदीमा गएको बाढीमा बगेर भारत पुगेका नौ

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको