आज अन्तर्राष्ट्रिय शिक्षा दिवस « Khabarhub

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि हरेक वर्ष जनवरी २४ मा यो दिवस मनाउन थालिएको हो ।  

शिक्षा मानव अधिकार, सार्वजनिक हित तथा सार्वजनिक जिम्मेवारी भएकाले शान्ति, समावेशी विकास र दिगो भविष्यको आधार भएकाले यसको प्रवर्द्धनलाई केन्द्रमा राखेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै छ । 

शिक्षा प्राप्त गर्ने अधिकार मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा २६ मा सुनिश्चित गरिएको छ । घोषणापत्रले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । सन् १९८९ मा अपनाइएको बाल अधिकारसम्बन्धी महासन्धिले पनि यसलाई अझ विस्तार गर्दै सबैको पहुँचमा उच्च शिक्षा हुनुपर्नेमा जोड दिएको छ ।

सन् २०१५ सेप्टेम्बरमा दिगो विकासका लागि २०३० कार्यसूची अङ्गीकार गर्दा अन्तर्राष्ट्रिय समुदायले १७ वटै दिगो विकास लक्ष्य हासिल गर्न शिक्षाको भूमिका  महत्वपूर्ण रहेको स्वीकार गरेको थियो । 

विशेषगरी दिगो विकास लक्ष्य–४ ले सन् २०३० सम्म सबैका लागि समावेशी, समतामूलक र गुणस्तरीय शिक्षा सुनिश्चित गर्दै आजीवन सिकाइका अवसर प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।

युनेस्कोका अनुसार हाल  विश्वभर २५ करोड बालबालिका तथा किशोरकिशोरीहरू विद्यालय बाहिर छन् र ७६ करोड ३० लाख वयस्कहरू निरक्षर छन्।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  १२ : ४९ बजे

अछाममा आचारसंहिता उल्लंघनको आरोप: एमाले उम्मेदवारविरुद्ध उजुरी

अछाम – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट अछाम निर्वाचन

पर्सा-२ र सिरहा-३ का उम्मेदवार पक्राउ

काठमाडौं – प्रहरीले मतदानको अघिल्लो दिन पर्सा र सिरहाका एकएक

खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ८२ योजना

म्याग्दी – म्याग्दीमा चालु आर्थिक वर्ष २०८२/८३ मा खानेपानी, सिँचाइ

हिउँ र लेक लाग्ने डरबीच हिमाली जिल्लामा चुनावको तयारी

काठमाडौँ – बिहीबार हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि देशभर

मध्यपूर्व तनावमा ७८७ बढीको मृत्यु

वासिङ्टन – अमेरिकी सेनाको सेन्ट्रल कमान्डले शनिबारदेखि सुरु भएको सैन्य