आज अन्तर्राष्ट्रिय शिक्षा दिवस « Khabarhub

आज अन्तर्राष्ट्रिय शिक्षा दिवस


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज अन्तर्राष्ट्रिय शिक्षा दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २०१९ देखि हरेक वर्ष जनवरी २४ मा यो दिवस मनाउन थालिएको हो ।  

शिक्षा मानव अधिकार, सार्वजनिक हित तथा सार्वजनिक जिम्मेवारी भएकाले शान्ति, समावेशी विकास र दिगो भविष्यको आधार भएकाले यसको प्रवर्द्धनलाई केन्द्रमा राखेर आज यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदै छ । 

शिक्षा प्राप्त गर्ने अधिकार मानव अधिकारको विश्वव्यापी घोषणापत्रको धारा २६ मा सुनिश्चित गरिएको छ । घोषणापत्रले आधारभूत शिक्षालाई निःशुल्क र अनिवार्य हुनुपर्ने व्यवस्था गरेको छ । सन् १९८९ मा अपनाइएको बाल अधिकारसम्बन्धी महासन्धिले पनि यसलाई अझ विस्तार गर्दै सबैको पहुँचमा उच्च शिक्षा हुनुपर्नेमा जोड दिएको छ ।

सन् २०१५ सेप्टेम्बरमा दिगो विकासका लागि २०३० कार्यसूची अङ्गीकार गर्दा अन्तर्राष्ट्रिय समुदायले १७ वटै दिगो विकास लक्ष्य हासिल गर्न शिक्षाको भूमिका  महत्वपूर्ण रहेको स्वीकार गरेको थियो । 

विशेषगरी दिगो विकास लक्ष्य–४ ले सन् २०३० सम्म सबैका लागि समावेशी, समतामूलक र गुणस्तरीय शिक्षा सुनिश्चित गर्दै आजीवन सिकाइका अवसर प्रवर्द्धन गर्ने लक्ष्य लिएको छ ।

युनेस्कोका अनुसार हाल  विश्वभर २५ करोड बालबालिका तथा किशोरकिशोरीहरू विद्यालय बाहिर छन् र ७६ करोड ३० लाख वयस्कहरू निरक्षर छन्।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  १२ : ४९ बजे

अपारदर्शी कारोबार नियन्त्रण गर्न नगद कारोबार सीमा घटाइयो : अर्थमन्त्री

काडमाडौं – अर्थमन्त्री रामेश्वर खनालले अपारदर्शी कारोबारलाई नियन्त्रण गर्न नगदमा

टी–२० विश्वकपमा सहभागी नहुँदा बंगलादेशलाई ठूलो आर्थिक क्षति

काठमाडौं -बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा आयोजना हुने टी–२०

डोल्पामा भारी हिमपात, जनजीवन प्रभावित (तस्बिरहरू)  

काठमाडौं– डोल्पाको काइगाउँमा शुक्रबारदेखि जारी भारी हिमपातका कारण जनजीवन प्रभावित

इन्डोनेसियामा पहिरो : ७ जनाको मृत्यु, दर्जनौं बेपत्ता

एजेन्सी – इन्डोनेसियाको जाभामा आएको पहिरोमा कम्तीमा सात जनाको मृत्यु

ऊर्जा रूपान्तरणमा पोर्चुगलको ठुलो कदम

एजेन्सी – पोर्चुगलको ऊर्जा कम्पनी गाल्पले आफ्नो नयाँ हरित हाइड्रोजन