टी–२० विश्वकपमा सहभागी नहुँदा बंगलादेशलाई ठूलो आर्थिक क्षति « Khabarhub

टी–२० विश्वकपमा सहभागी नहुँदा बंगलादेशलाई ठूलो आर्थिक क्षति


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

काठमाडौं -बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले भारतमा आयोजना हुने टी–२० विश्वकपमा सहभागी नहुने निर्णय गरेसँगै बंगलादेशी क्रिकेटलाई ठूलो आर्थिक क्षति हुने देखिएको छ।

बीसीबीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र देशको अन्तरिम सरकारसँग पटक–पटक छलफल गरेपछि प्रतियोगितामा नजाने निर्णय गरेको हो। यद्यपि बोर्डले अझै प्रयास जारी रहेको जनाएको छ। तर विश्वकप सुरु हुन अब दुई हप्ता मात्र बाँकी रहेकाले सहभागिताको सम्भावना कमजोर बन्दै गएको छ।

आईसीसीले प्रतियोगिताको तय कार्यक्रम परिवर्तन गर्न नसकिने स्पष्ट संकेत दिएको छ। आईसीसीद्वारा आयोजना गरिने यस्ता ठूला प्रतियोगिताहरू क्रिकेट बोर्ड र खेलाडीका लागि आम्दानीको मुख्य स्रोत मानिन्छन्।

टी–२० विश्वकपमा सहभागी नहुँदा बीसीबी मात्र होइन, बंगलादेशका क्रिकेटर, प्रायोजक तथा क्रिकेटसँग प्रत्यक्ष र अप्रत्यक्ष रूपमा जोडिएका व्यक्तिहरूलाई पनि आर्थिक घाटा हुने अनुमान गरिएको छ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  २ : ३७ बजे

‘प्यानलको चिट बाँड्नु आवश्यक छैन, सबै उम्मेदवार समान हुन्’

काठमाडौं– नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले १५औँ महाधिवेशनमा नेतृत्व चयनका

माहुत समुदाय : परम्परागत पेसा छुट्यो, अभाव र संकट घटेन

राँझा– बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियास्थित मगन्ताटोलका केलाराम माहुत रोजगारीको खोजीमा

कुनै पनि उम्मेदवारलाई समर्थन गरेको छैन : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगन थापाले आफ्नो नाम जोडेर विभिन्न

कांग्रेस महाधिवेशन : मतदान गर्न लाइनमा प्रतिनिधि

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान गर्न

दसैंको अग्रिम टिकट लिन नयाँ बसपार्कमा यात्रुको भीड (तस्बिरहरू) 

काठमाडौं- वडा दसैं नजिकिएसँगै काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा घर फर्किने यात्रुको