छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि « Khabarhub

छ महिनाभित्र बाँकेमा ८६ जनामा कुष्ठरोग पुष्टि


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

जानकी– चालु आर्थिक वर्षको पहिलो छ महिनामा बाँकेसहित विभिन्न जिल्लाका ८६ जनामा कुष्ठरोग पुष्टि भएको छ । साउनदेखि पुससम्मको अवधिमा साइनिङ अस्पताल आइएनएफ नेपालमा उपचार तथा परीक्षणका क्रममा ती नयाँ कुष्ठरोगी पहिचान भएका हुन् ।

७३औँ विश्व कुष्ठरोग दिवसको अवसर पारेर आयोजित अन्तरक्रिया कार्यक्रममा अस्पतालका प्रमुख मंगलबहादुर थारुले नेपालका विभिन्न जिल्ला तथा छिमेकी मुलुक भारतबाट उपचारका लागि आएका नागरिकमासमेत कुष्ठरोग देखिएको जानकारी दिए । उनका अनुसार छ महिनाको अवधिमा फेला परेका ८६ जना नयाँ कुष्ठरोगीमध्ये ५७ पुरुष र २९ जना महिला रहेका छन् ।

तीमध्ये बाँकेका ३६, बर्दियाका १२, जाजरकोट, रुकुम र कैलालीका पाँच–पाँच, अछामका तीन, दैलेखका दुई र दाङ, प्यूठान, रोल्पा र सल्यानका एक–एक जना रहेका प्रमुख थारुले जानकारी दिए। उनका अनुसार १४ जना भारतीय नागरिकमा पनि कुष्ठरोग पुष्टि भएको छ ।

अस्पतालमा कुष्ठरोगको आशंकामा चेकजाँचका लागि आएका ३४२ मध्ये ८६ जनामा रोग पुष्टि भएको हो । स्मियर परीक्षण ९सूक्ष्मदर्शक यन्त्रद्वारा गरिने सुरक्षित र छिटो परीक्षण विधि० मार्फत परीक्षण गर्दा ५६ जनामा पोजेटिभ देखिएको अस्पतालले जनाएको छ ।

अस्पतालको अन्तरङ्ग सेवाबाट सोही अवधिमा ५८ पुरुष र २३ महिला गरी ८१ जनाले सेवा लिएका छन् । स्वास्थ्य समस्या पहिचान तथा अनुगमनका लागि प्रयोगशालामा १० हजार ७९५ वटा नमूना परीक्षण गरिएको छ भने अपाङ्गता रोकथाम तथा सहयोगका लागि १०३ जोडा विशेष जुत्ता वितरण गरिएको छ । साथै ६९ जनालाई फिजियोथेरापी सेवा प्रदान गरिएको अस्पतालका प्रमुख थारुले जानकारी दिए ।

कुष्ठरोग नियन्त्रण र जनचेतना अभिवृद्धिका लागि २३ जना सरकारी विद्यालयमा कार्यरत नर्सलाई आधारभूत कुष्ठरोग तालिम दिइएको छ । त्यसैगरी स्वयं सहायता समूहका २९ जना सदस्यलाई कुष्ठरोग, स्वयं हेरचाह तथा बचत–ऋण परिचालनसम्बन्धी तालिम प्रदान गरिएको छ ।

सङ्घीय सरकारका स्वास्थ्य संस्थासँग आवद्ध १९० जना महिला स्वास्थ्य स्वयंसेविकालाई समेत क्षमता अभिवृद्धि तालिम दिइएको अस्पतालले जनाएको छ । समुदायस्तरमा जनचेतना विस्तार गर्ने उद्देश्यले २२ वटा आमा समूहका करिब छ सय सदस्यलाई अभिमुखीकरण गरिएको छ भने विभिन्न विद्यालयमा सञ्चालन गरिएका कक्षाबाट ९२१ जना विद्यार्थी लाभान्वित भएका छन् ।

यसैगरी दुई वटा क्याम्पसका ७५ जना विद्यार्थी तथा नरैनापुर गाउँपालिकाका २८ जना जनप्रतिनिधिलाई पनि कुष्ठरोगसम्बन्धी अभिमुखीकरण प्रदान गरिएको अस्पतालका प्रमुख थारुले बताए। समुदायमै कुष्ठरोग पहिचानका लागि दुई स्थानमा गरिएको परीक्षणमा ५१० जनामध्ये नौ जनामा नयाँ कुष्ठरोग पुष्टि भएको छ । साथै ४२ जना कुष्ठरोगीको सम्पर्कमा रहेका दुई हजार ४५५ परिवार तथा छिमेकीको परीक्षण गर्दा थप बिरामी पनि पहिचान भएका उनले उल्लेख गरे।

हाल साइनिङ अस्पतालमा कुष्ठरोगसम्बन्धी अनुसन्धानात्मक कार्यसमेत भइरहेको छ । बिएनएमटी नेपालको आर्थिक सहयोगमा कुष्ठरोगको किटाणुको आनुवंशिक परीक्षण सञ्चालन भइरहेको जनाउँदै प्रमुख थारुले हालसम्म १३१ वटा अध्ययन नमूना संकलन भइसकेको बताए।

कार्यक्रमका सहजीकर्ता तथा अस्पतालका प्रशासन अधिकृत नरेन्द्र साउदले समुदायमा कुष्ठरोगबारे चेतना बढाउन, विद्यमान चुनौतीलाई सामना गर्न र कुष्ठरोगमुक्त नेपाल निर्माणमा पत्रकारको भूमिका महत्वपूर्ण हुने भएकाले अन्तरक्रिया आयोजना गरिएको बताए।

नेपाल पत्रकार महासङ्घ बाँकेका अध्यक्ष नवीन गिरीले समाजमा कुष्ठरोगलाई अझै पनि सामाजिक कलंकका रूपमा बुझ्ने गरिएको उल्लेख गर्दै यस्ता भ्रम चिर्न सञ्चारमाध्यम र पत्रकारले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने धारणा व्यक्त गरे।

गत आर्थिक वर्षमा साइनिङ अस्पतालमा विभिन्न जिल्लाबाट आएका १७४ नयाँ कुष्ठरोगी फेला परेका थिए । तीमध्ये ९३ जना बाँके जिल्लाका थिए । गत आवको सोही छ महिनामा ५८ जना नयाँ बिरामी भेटिएकामा यसवर्ष सोही अवधिमा उक्त सङ्ख्या बढेर ८६ पुगेको छ ।

चौबिस शय्या क्षमताको यस अस्पतालमा हाल १४ जना बिरामी भर्ना भएर उपचाररत छन् ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ७ : २५ बजे

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा

बंगलादेश टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप

हामी देश बनाउने अभियानमा छौँ : ओली

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

मौसम बदली : कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौं– पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार