बंगलादेशलाई टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर « Khabarhub

बंगलादेशलाई टी–२० विश्वकपबाट हटाइयो, स्कटल्यान्डलाई अवसर


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बंगलादेशलाई टी–२० विश्वकप २०२६ बाट हटाएको छ। भारतमा आयोजना हुने विश्वकपमा खेल्न जान बंगलादेश क्रिकेट बोर्ड (बीसीबी)ले अस्वीकार गरेपछि आईसीसीले यस्तो कडा निर्णय लिएको हो।

बीसीबीले भारतमा सुरक्षा चुनौती रहेको दाबी गर्दै प्रतियोगिताका आफ्ना खेलहरू भारतबाहिर, विशेषगरी श्रीलंकामा सार्न माग गरेको थियो। तर आईसीसीले भारतमा आवश्यक सुरक्षा व्यवस्था पर्याप्त रहेको निष्कर्ष निकाल्दै बंगलादेशको माग अस्वीकार गर्‍यो। त्यसपछि पनि बंगलादेशले भारतमा खेल्न नजाने अडान नछाडेपछि आईसीसीले प्रतियोगिताबाट नै हटाउने निर्णय गरेको हो।

आईसीसी स्रोतका अनुसार, बहुराष्ट्रिय प्रतियोगितामा कुनै पनि सदस्य राष्ट्रले आयोजक देशको निर्णय अस्वीकार गर्नु प्रतियोगिताको नियम र मर्मविपरीत हुने भन्दै बंगलादेशलाई सहभागी नगराउने निर्णय गरिएको हो। आईसीसीले यस विषयमा बंगलादेशलाई पटक–पटक स्पष्टिकरणका लागि समय दिए पनि सहमति जुट्न सकेन।

बंगलादेशको स्थानमा स्कटल्यान्डले टी–२० विश्वकप २०२६ मा खेल्ने अवसर पाएको छ। स्कटल्यान्ड विश्वकप छनोट प्रक्रियामा सहभागी टोलीहरूमध्ये दोस्रो उच्च वरियतामा रहेको टोली हो। लामो समयदेखि विश्वकपमा नियमित स्थान बनाउन संघर्ष गरिरहेको स्कटल्यान्डका लागि यो निर्णय ऐतिहासिक अवसरका रूपमा हेरिएको छ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ८ : ४२ बजे

पोखरीभन्दा ठूला माछाहरूको आतंक

संसद्को पहिलो बैठक बसेपछि राजा महेन्द्रले थप कामकारवाहीबारे छलफल गर्न

वाइफाइ जडान गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

भद्रपुर– झापाको बाह्रदशी गाउँपालिका–२ मा वाइफाइको प्लग जोड्ने क्रममा नाङ्गो

लेबनानमा इजरायली आक्रमण जारी, हिज्बुल्लाहद्वारा प्रत्याक्रमण

काठमाडौं– लेबनानमा इजरायलले आक्रमण जारी राख्दा त्यसको प्रत्युत्तरमा हिज्बुल्लाहले पनि

लुम्बिनी प्रदेशसभाको १०औँ बैठक बस्दै

घोराही– लुम्बिनी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत १०औँ बैठक आज बिहान ११ः००

कपिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

कृष्णनगर– पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बनकसवासामा गएराति बस दुर्घटना हुँदा २६