निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह « Khabarhub

निर्वाचन क्षेत्रमा खटिन पार्टीका नेता कार्यकर्तालाई सभापति थापाको आग्रह


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीका नेता तथा कार्यकर्तालाई निर्वाचन क्षेत्रमा खटिन आग्रह गरेका छन् । सर्लाही क्षेत्र नं ४ का मतदातासँग आज यहाँ भएको अन्तक्र्रियामा उहाँले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि खट्न पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेका हुन् ।

सभापति थापाले मधेसको मुद्दालाई संसद्मा फरक ढङ्गले उठान गर्न आफूले सर्लाहीबाट उम्मेदवार बनेको बताउनुभयो । उहाँले त्यहाँबाट प्रतिनिधित्व गर्दा अब मधेस र सर्लाहीका मुद्दा सङ्घीय संसद् र सिंहदरबारमा नयाँ तरिकाले उठाउने प्रतिबद्धतासमेत जनाए ।

सभापति थापाले आगामी पाँच वर्ष मधेसका मुद्दा संसद्मा उठ्ने तरिका र निर्णय प्रक्रिया अघिल्ला वर्षभन्दा भिन्न हुने भन्दै सर्लाही–४ का मतदातालाई पछुतो हुने अवस्था आउन नदिने धारणा राखे । उनले आफ्नो उम्मेदवार बलियो छ भनेर अरूलाई कमजोर आँकलन नगर्न सबैलाई सचेत गराए ।

सभापति थापाले आफूले जोखिमका साथ नयाँ क्षेत्र रोजेकाले चुनाव जित्न सबैको मेहनत आवश्यक रहेको उल्लेख गर्दै मतदाता र कार्यकर्तालाई विश्वास, माया र भरोसाका साथ अभियानमा लाग्न आग्रह गरे ।

“पार्टीभित्र सजिलो बाटो छोडेर अफ्ठ्यारो बाटो रोजेर आएको छु । मलाईसमेत पार्टीबाट पाँच वर्षका लागि निष्काशन गरियो तर विशेष महाधिवेशनमा पार्टी कार्यकर्ताले दिएको साथले नै पार्टीभित्रै रहन सफल भएको हो”, उनले भने, “निर्वाचनका हकमा पनि जोखिम उठाएको छु । काठमाडौँको क्षेत्र नं ४ को सहजता छोडेर मधेस आएको छु, यो जोखिम पनि सबैको साथले पूरा हुनेछ भन्ने विश्वास छ ।”

सभापति थापाले काठमाडौं क्षेत्र नं ४ बाट तीन पटक निर्वाचित गराउने मतदाताप्रति आफू ऋणी रहेको र यहाँको सेवामा पनि सँधै समर्पित रहने बताए ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ९ : ०५ बजे

एनपीएलमा पाकिस्तानी खेलाडीका लागि पीसीबीले किन माग्यो २५ हजार डलर ?

काठमाडाैँ – नेपाल प्रिमियर लिग (एनपीएल) सुरु हुँदा पाकिस्तान क्रिकेट

मतदाताका घरआँगनमा आशिका

धादिङ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशिका तामाङले

कहीँ नभएको जात्रा हाँडीगाउँमा ! चोक्टेनारायण जात्रा सुरु (तस्बिरहरू)

काठमाडौं– दसैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरु

जनकपुरले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओलीले भने- नेपालीहरूमा आफ्ना देशका विद्वानलाई नचिन्ने प्रवृत्ति छ

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालीहरूमा आफ्ना देशका