प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत « Khabarhub

प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य : सिके राउत


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

सप्तरी – जनमत पार्टीका अध्यक्ष डा चन्द्रकान्त (सिके) राउतले देशको राजनीतिक निकास र दिगो विकासका लागि नयाँ गणतन्त्र र प्रदेशको पूर्ण स्वायत्तता अपरिहार्य रहेको बताएका छन् ।

प्रेस जनमत सङ्घले आज यहाँ राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीले सार्वजनिक गरेको घोषणापत्रमार्फत सङ्घ, प्रदेश र स्थानीय तहमा विद्यमान संरचनागत समस्याको समाधानका लागि स्पष्ट खाका प्रस्तुत गरिएको बताए ।

अध्यक्ष डा राउतले सुशासन र समृद्धिको यात्रा पूरा गर्दै देशको विकास र निकासका निम्ति आफ्नो पार्टीले नौलो गणतन्त्रको ‘एजेन्डा’ अगाडि सारेको बताए । उनले जनताद्वारा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र विज्ञहरू सम्मिलित मन्त्रिपरिषद् गठन गर्दा भ्रष्टाचार अन्त्य हुने उल्लेख गरे ।

“देश अहिले सङ्कटमा छ, त्यो सङ्कट पनि बहुआयामिक छ । संविधानमाथि नै धावा बोलिएको छ । त्यसैले सबैले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ”, अध्यक्ष राउतको भनाइ थियो ।

उनले प्रदेशको पूर्ण स्वायत्तताका सन्दर्भमा जनमत पार्टीले मधेसलगायत सबै प्रदेशलाई शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, साधन–स्रोत र प्रशासनिक अधिकार पूर्ण रूपमा हस्तान्तरण गर्नुपर्ने धारणा अघि सारेको बताए ।

आयोजित पत्रकार सम्मेलनमार्फत घोषणापत्र सार्वजनिक गर्दै सप्तरी क्षेत्र नं २ का उम्मेदवार राउतले रोजगारी सिर्जना, प्रशासनिक सुधार र जनमुखी विकासका कार्यक्रमहरू आफूले अघि बढाइए पनि प्रदेशलाई पूर्ण स्वायत्तता नदिएसम्म समस्या भइरहने धारण राखे ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  ९ : १७ बजे

आलु उत्पादनअघि नै बजार सुनिश्चित, किसान उत्साहित

कञ्चनपुर– आलु बिक्रीको सुनिश्चितता भएपछि कञ्चनपुरका किसान खुसी भएका छन्

रास्वपा कार्यालयमा गृहमन्त्री, विभिन्न घटनाका पीडितको भिड (तस्बिरहरू)

काठमाडौं- नागरिकको गुनासो सुन्ने कार्यक्रमअन्तर्गत गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र

कस्ता थिए संसद्को रेकर्डबाट हटाइएका इन्दिरा र बादलका शब्दहरू ?

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर

कांग्रेसले भदौ ११ गते महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आगामी

गोसाइँकुण्ड मेला तयारी पूरा, निर्धक्क भएर यात्रा गर्न अनुरोध

रसुवा– जनैपूर्णिमा दिन गोसाइँकुण्ड मेला भर्न आउने भक्तजनको स्वास्थ्य, सुरक्षा,