क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी « Khabarhub

क्यानडाले चीनसँग व्यापार सम्झौता गरे शतप्रतिशत करवृद्धि गर्ने ट्रम्पको चेतावनी


१० माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार क्यानडाले चीनसँग व्यापार सम्झौता गरेमा क्यानडाको सीमाबाट आउने सबै सामानमा शतप्रतिशत अतिरिक्त कर लगाउने चेतावनी दिएका छन् ।

रिपब्लिकन नेता ट्रम्प एक वर्षअघि राष्ट्रपतिका रूपमा पुनः ह्वाइट हाउसमा फर्किएपछि संयुक्त राज्य अमेरिका र उसको उत्तरी छिमेकीबीचको सम्बन्ध तनावपूर्ण छ । क्यानाडाका प्रधानमन्त्री मार्क कार्नीले व्यापारलाई लिएर विवाद र अमेरिकी नेतृत्वको विश्व व्यवस्थामा ‘विखण्डन’ को निन्दा गरेका छन् ।

गत हप्ता बेइजिङ भ्रमणका क्रममा कार्नीले चीनसँगको नयाँ रणनीतिक साझेदारीको प्रशंसा गरेका छन् । यसले गर्दा करवृद्धि घटाउन ‘प्रारम्भिक तर ऐतिहासिक व्यापार सम्झौता’ भएको थियो । ट्रम्पले ट्रुथ सोसलमा लेख्नुभएको छ, “यदि कार्नीले क्यानडालाई चीनका लागि अमेरिकामा सामान पठाउनका लागि ’ड्रप अफ पोर्ट’ बनाउन चाहनुहुन्छ भने उहाँ सरासर गलत हुनुहुन्छ ।

उनले भने , “चीनले क्यानडालाई समस्याग्रस्त बनाउनेछ । यसलाई पूर्ण रूपमा अस्तव्यस्त बनाउनेछ र उनीहरूको व्यवसाय, सामाजिक सञ्जाल र सामान्य जीवन शैली प्रभावित हुनेछ।

दुई नेताहरूले हालैका दिनहरूमा आफ्ना बयानबाजीहरूलाई एकअर्काविरूद्ध सोझ्याएको पाइनछ । यसकोे सुरुवात मङ्गलबार डाभोसमा विश्व आर्थिक मञ्चमा कार्नीको भाषणबाट भएको थियो । सम्मेलनमा उनले अमेरिकी नेतृत्वको विश्व व्यवस्थामा ‘विखण्डन’ भएकोे स्पष्ट मूल्याङ्कन गर्दा उनलाई व्यापक तालीले स्वागत गरिएको थियो ।

उनको टिप्पणीलाई अन्तर्राष्ट्रिय मामिलामा ट्रम्पको विघटनकारी प्रभावको सङ्केतका रूपमा हेरिएको थियो, यद्यपि उनले अमेरिकी नेताको नाम प्रत्यक्ष उल्लेख गरेका थिएनन् ।

ट्रम्पले कार्नीलाई एक दिनपछि डाभोसमा भएको आफ्नै सम्बोधनमार्फत् जवाफ दिएका थिए । त्यसपछि क्यानाडाका प्रधानमन्त्रीलाई ट्रम्पले विश्वव्यापी द्वन्द्व समाधानको लागि उनको स्वघोषित निकाय शान्ति समिति (बोर्ड अफ पिस)मा सामेल हुन दिएको निमन्त्रणा फिर्ता लिएका थिए ।

सुरुमा युद्धपछिको गाजाको अवस्थाको निरीक्षण गर्न डिजाइन गरिएको यो निकायको दायरा अहिले धेरै फराकिलो बनाउन खोजेको देखिन्छ । राष्ट्रपति ट्रम्पले समितिलाई संयुक्त राष्ट्रसङ्घको प्रतिद्वन्द्वी निकाय बनाउन चाहेको भन्ने चिन्ता उत्पन्न गरेको छ।

“क्यानाडा संयुक्त राज्य अमेरिकाको कारण बाँच्दैन बरू क्यानाडा दुई राष्ट्रहरू बीचको उल्लेखनीय साझेदारीमा फस्टाउन सक्छ । हामी क्यानेडियाली हौँ,” कार्नीले बिहीबार राष्ट्रिय सम्बोधनमा भने । क्यानाडा संयुक्त राज्य अमेरिकासँगको व्यापारमा धेरै निर्भर छ क्यानाडाको निर्यातको तीन चौथाई भन्दा बढीको गन्तव्य अमेरिका नै हो ।

कार, एल्युमिनियम र स्टिलजस्ता प्रमुख क्यानेडियाली क्षेत्रहरू ट्रम्पको विश्वव्यापी क्षेत्रीय कर वृद्धिको नीतिबाट कडा रूपमा प्रभावित भएका छन्, तर करको प्रभाव राष्ट्रपतिको विद्यमान उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताको व्यापक पालनाले कम भएको छ।

प्रकाशित मिति : १० माघ २०८२, शनिबार  १० : १६ बजे

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकको उद्धार, सामान लुटिएको दाबी भ्रम मात्रै

काठमाडौँ– काठमाडौँको पशुपतिनाथ क्षेत्रमा एक फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा भेटिएको

शुक्लाफाँटामा विद्यालय सुधार अभियान

कञ्चनपुर– नयाँ शैक्षिकसत्र सुरु हुनुअगावै शुक्लाफाँटा नगरपालिकाले नगरका सामुदायिक र

असिम शाहको संयोजकत्वमा संविधान संशोधन कार्यदल सक्रिय, पहिलो बैठक आज

काठमाडौँ– प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान

आज दशौँ स्वास्थ्य बीमा दिवस मनाइँदै

काठमाडौँ– दशौँ स्वास्थ्य बीमा दिवस आज विविध कार्यक्रम आयोजना गरी

धार्मिक पर्यटनको गन्तव्य महाराजाथान

नवलपरासी– नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरको कावासोतीमा रहेको महाराजाथान धार्मिक पर्यटनको गन्तव्य