पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी « Khabarhub

पर्साको दुई निर्वाचन मतदानस्थल अनुगमन बाँकी


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

पर्सा– जिल्ला सुरक्षा समितिले पर्साको १६५ मतदानस्थलको अनुगमन तथा निरीक्षणको काम सकाएको छ । जिल्लामा १६७ मतदानस्थल छन् । तीमध्ये अब दुई मतदानस्थलको मात्र निरीक्षण गर्न बाँकी छ ।

प्रमुख जिल्ला अधिकारी (प्रजिअ) भोला दाहालसहित जिल्लाका चारवटै सुरक्षा निकाय र जिल्ला निर्वाचन कार्यालयले मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्दै आइरहेको छ । प्रजिअ दाहालले मतदानस्थलको अनुगमन तथा निरीक्षण गर्दै आवश्यक शान्ति, सुरक्षाको रणनीति तयार पारेको बताए ।

‘हामीले अहिलेसम्म १६५ मतदानस्थलको अनुगमन र निरीक्षण गरिसकेका छौँ’, उनले भने, ‘बाँकी रहेका दुई मतदानस्थलको पनि छिट्टै अनुगमन गर्नेछौँ ।’ प्रजिअ दाहालले भयरहित र शान्तिपूर्ण निर्वाचन गराउन सबै निकायले हातेमालो गरेर अघि बढ्नका लागि आह्वान गरे ।

जिल्ला सुरक्षा समितिले आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि तोकिएको ती मतदानस्थलमध्ये ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ भने ८५ संवेदनशील र २० कम संवेदनशीलको सूचीमा राखिएको छ ।

क्षेत्र नम्बर १ मा ३४, क्षेत्र नम्बर २ मा ३८, क्षेत्र नम्बर ३ मा ४७ र क्षेत्र नम्बर ४ मा ४८ मतदानस्थल छन् । जिल्लामा ४४१ मतदान केन्द्र छन् भने दुई अस्थायी मतदान केन्द्र रहेका छन् ।

यहाँ चारवटा निर्वाचन क्षेत्र रहेका छन् । यसमध्ये क्षेत्र नम्बर १ मा १०३, क्षेत्र नम्बर २ मा ११० मतदान केन्द्र रहेका छन् । त्यस्तै क्षेत्र नम्बर ३ र ४ मा ११४ मतदान केन्द्र तोकिएको छ । पर्सा जिल्लामा कुल मतदाता सङ्ख्या तीन लाख ७६ हजार ५१३ छन् ।

तीमध्ये एक लाख ६४ हजार ४२१ महिला, दुई लाख १२ हजार ७७ पुरुष तथा १५ यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका मतदाता छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ७ : ३२ बजे

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा खगराज नियुक्त, आजै सपथ गराइँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपाका खगराज भट्ट नियुक्त भएका

बरामद सञ्चारसामाग्रीसहित किशोर श्रेष्ठलाई सर्वोच्चमा उपस्थित गराउन आदेश

काठमाडौं– सर्वोच्च अदालतले वरिष्ठ पत्रकार किशोर श्रेष्ठको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट निवेदनमा

रोल्पामा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता

रोल्पा– रोल्पाको सुनछहरि गाउँपालिका–२ स्थित फलबाङ गाउँमा बिहीबार राति पहिरोले

झापाका किसानलाई मलको अभाव नहुने

भद्रपुर– कृषि सामग्री कम्पनी लिमिटेडले जिल्लामा मलको आपूर्ति निरन्तर गरिरहेको

होल्डिङ सेन्टरमा मृत्यु प्रकरण : शव टिचिङमा, परिवारले सरकारसँग राखे १२ बुँदे माग

काठमाडौं – वैकल्पिक व्यवस्थाबिनै घरटहरा भत्काएर विस्थापित गरिएका हिरालाल हजारा