मिथिलाञ्चलमा आजदेखि होली « Khabarhub

मिथिलाञ्चलमा आजदेखि होली


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जलेश्वर– पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत महोत्तरीको भङ्गाहा नगरपालिका–७ कञ्चनवनमा होली खेलेसँगै मिथिलाञ्चलमा आजदेखि होली पर्व विधिवत रुपमा सुरु भएको छ ।

पन्ध्रदिने परिक्रमामा आएका साधु, सन्त, महात्मा र जोगी सन्यासीको उपस्थितिमा धार्मिक अनुष्ठान गर्दै आज बिहान भगवान् मिथिलाविहारी (रामचन्द्र)ले किशोरीजी (माता सीता)सँग महोत्तरीको कञ्चनवनमा होली खेलेपछि आजैदेखि सम्पूर्ण मिथिलाञ्चलमा होली पर्वको शुभारम्भ भएको परिक्रमा यात्रामा सहभागी बाबा नवलकिशोर दासले बताए । 

पन्ध्रदिने माध्यमिकी परिक्रमाअन्तर्गत सातौँ दिनको बासस्थान कञ्चनवनमा आज धार्मिक विधिपूर्वक भगवान् रामचन्द्र तथा माता सीताको डोला र मूर्तिलाई एकापसमा रङ र अबिरले होली खेलाइएको छ भने परिक्रमामा सहभागी हजारौँ साधु, सन्त, महात्मा र गृहस्थ परिवार गरी सम्पूर्ण परिक्रमा यात्रीसमेतले एकापसमा रङ अबिर साटासाट गर्दै होली पर्वको सुरुआत गरेको उनले बताए।

मिथिलाञ्चलको गाउँगाउँ तथा घरघरमा पनि रङ अबिरको प्रयोग सुरु भएको छ । त्यसैगरी, होलीको आगमनसँगै प्रत्येक वर्षझैँ यस वर्ष पनि मिथिलाञ्चलको गाउँगाउँमा होलीका गीत, नाचगान, हाँसोठट्टा र व्यङ्ग्यात्मक कविता तथा चुटकिला गाउने, देखाउने र प्रस्तुत गर्ने कार्यको पनि शुभारम्भ भएको सदरमुकाम जलेश्वर नगरपालिका–८ का पण्डित धीरेन्द्र झाले बताए ।

मिथिलाञ्चलका साधुसन्त, महात्मा र गृहस्थ परिवार भगवान्ले वनवास गएको दिनलाई सम्झिँदै १५ दिने परिक्रमा गर्दछन् भने परिक्रममाकै क्रममा आज भगवान्ले होली खेलेको सम्झिँदै सम्पूर्ण परिक्रमा यात्रीहरूले पनि आज होली पर्व मनाएका छन् । 

धनुषाको हनुमानगढीमा यही फागुन ४ गते सोमबार परिक्रमाका लागि भगवान् रामचन्द्र र माता सीताको डोला तथा परिक्रमायात्रीहरू जम्मा भई फागुन ५ गते मङ्गलबारदेखि भारतको कलाणेश्वरबाट सुरु भएको परिक्रमा यात्रा १५ दिनमा जनकपुरमा पुगी समाप्त हुनेछ ।

महोत्तरीको कञ्चनवनमा सातौँ दिनको बासा त्याग गरेर आज सम्पूर्ण परिक्रमायात्री भगवान रामचन्द्र र माता सीताको डोला लिएर यात्रालाई अघि बढाउँदै आठौँ दिनको बासका लागि धनुषाको पर्वतातिर लागेका छन् ।  रासस

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ११ : ३९ बजे

‘लालिमा’ पात्र निर्वाह गर्न १० यौनकर्मी भेटेँ : नायिका रोश्नी कार्की

काठमाडौं – फागुन २९ बाट प्रदर्शनमा आउने फिल्म ‘लालिमा’मा नायिका

गुल्मीमा दुई मतदान केन्द्रको नेतृत्व महिला कर्मचारीलाई

गुल्मी– यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गुल्मीमा

झापाकै अन्य क्षेत्र नछिरेका बालेन रवि पुग्दा पनि किन बसेनन् ?

काठमाडौं- गत माघ ५ गते जनकपुरमा भएको सभामा खुट्टामा चोट

जापानी कम्पनीमाथि चिनियाँ प्रतिबन्ध

एजेन्सी– ताइवान विषयलाई लिएर चीन–जापान सम्बन्धमा चर्किएको कूटनीतिक तनावबीच चीनले

सिन्धुपाल्चोक १ मा चारदलको रस्साकस्सी, पुरानालाई विरासत जोगाउने चुनौती

काठमाडौं– सिन्धुपाल्चोक प्रतिनिधिसभा क्षेत्र नम्बर १ को विगत निर्वाचन परिणाम