रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर « Khabarhub

रविको भनाइमा निवर्तमान सभामुख घिमिरेको कडा आपत्ति, भने : घृणा फैल्याउने काम बन्द गर


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


378
Shares
  • change font
  • change font
  • change font

बिर्तामोड : झापा क्षेत्र नम्बर २ का उम्मेदवार तथा प्रतिनिधिसभाका निवर्तमान सभामुख देवराज घिमिरेले आफूविरुद्ध घृणा फैल्याइएको भन्दै आपत्ति जनाएका छन्।

सोमबार बिर्तामोडमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ‘जनताको आवाज उठाउँदा माइक काट्ने सभामुख’ भनेर टिप्पणी गरेकोप्रति कडा आपत्ति जनाएका हुन् ।

घिमिरेले लोकतान्त्रिक अभ्यासमा उम्मेदवार र दलहरूले आफ्ना कार्यक्रम, योजना र एजेन्डा प्रस्तुत गर्नुपर्ने बताउँदै घृणा, व्यक्तिगत आरोप वा विभाजन फैलाउने प्रवृत्ति चुनावी प्रतिस्पर्धामा दीर्घकालीन रूपमा टिक्न नसक्ने उल्लेख गरेका छन्।

उनले संसद्मा प्रत्येक सदस्यलाई अभिव्यक्ति दिने अधिकार भए पनि संसदीय नियमावलीअनुसार सबै वक्तालाई समान अवसर दिन समय निर्धारण हुने स्पष्ट पारेका छन। माइक काट्ने वा काटिने विषय सभामुखको व्यक्तिगत धारणा नभई पूर्वनिर्धारित समय र नियमअनुसार हुने जवाफ पनि उनले दिएका छन् ।

संसद्को वेबसाइटमा गएर हेर्दा आफू मात्र नभई उपसभामुख वा बैठक सञ्चालन गरिरहेका अन्य सदस्यहहरूको पालामा पनि माइक काटिएको उदाहरण भेटिने जवाफ पनि घिमिरेले लामिछानेलाई दिएका छन् ।

लामिछानेले फैलाएको घृणाप्रति खेद व्यक्त गर्दै घिमिरेले प्रतिशोधको भावना भड्काएर जनतालाई भ्रमित नगर्न आग्रह गरेका छन्।

आफूले प्रतिस्पर्धी उम्मेदवारबारे टिप्पणी नगर्ने प्रतिबद्धता यसअघि नै गरिसकेको स्मरण गराउँदै उनले चुनावी प्रतिस्पर्धा सभ्य र मुद्दामुखी हुनुपर्ने बताएका छन्।

के भनेका थिए रविले ?

रास्वपा सभापति लामिछानेले झापा पुगेर सोमबार निवर्तमान सभामुख घिमिरेको कडा आलोचना गरेका थिए ।

झापा– २ मा रास्वपाकी उम्मेदवार इन्दिरा राना मगरका लागि मत माग्न पुगेका लामिछानेले ‘जनताको आवाज उठाउँदा माइक काट्ने निवर्तमान सभामुख कुन मुख लिएर भोट माग्दै हुनुहुन्छ ?’ भनेर प्रश्न गरेका थिए ।

’मलाई थाहा छैन पूर्व सभामुख कुन मुख बोकेर भोट माग्दै हुनहुन्छ, मलाई थाहा छैन । हामीले संसदमा भिजिट भिसामा नेपालीसँग लाखौं ठगेकालाई कारवाही गर्न भन्यौं, उहाँले माइक काटिदिनुभुयो’, उनले भनेका थिए ।।

लामिछानेले पूर्वसभामुख घिमिरेलाई संसदको भन्दा ’बा’ को आदेश ठूलो भएको बताउँदै यस पटक जनताले जवाफ दिनुपर्ने जिकिर गरे। लामिछानेले कुनै दलको रबर स्ट्याम्पलाई सभामुख बनाउन आफूले पनि हस्ताक्षार गरेकोमा खेद व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  १२ : १२ बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको