प्रकाशशरण महतको चुनावी प्रतिज्ञापत्र सार्वजनिक « Khabarhub

प्रकाशशरण महतको चुनावी प्रतिज्ञापत्र सार्वजनिक


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महतले आफ्नो चुनावी प्रतिज्ञापत्र सार्वजनिक गरेका छन् । नुवाकोट १ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार रहेका महतले दर्जनौँ कामको सूची सहित आफ्नो प्रतिज्ञापत्र सार्वजनिक गरेका हुन् ।

डा. महतले पूर्वाधार विकास आफ्नो प्राथमिकता रहेको भन्दै सम्भाव्यता अध्ययनको क्रममा रहेको टोखा-छहरे सुरुङ मार्ग निर्माण गर्ने प्रक्रिया अगाडि बढाउने, पासाङ ल्हामु राजमार्गका बाँकी काम पूरा गर्ने, गाउँपालिकाका केन्द्रसँग जोड्ने सडक पुल बनाउने लगायतका काम गर्ने प्रतिज्ञपत्रमा उल्लेख गरेका छन् । 

डा. महतले कृषि र किसानलाई समृद्ध बनाउने योजना, पर्यटनमा समृद्धि, शिक्षा र स्वास्थ्य, युवालाई नुवाकोटमै अवसर, युवा तथा महिला र सबैको सहभागिता–साँझा समृद्धि जस्ता कार्यक्रम प्रतिज्ञापत्रमार्फत अघि सारेका छन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  २ : ०४ बजे

वेष्ट इण्डिजका फेबियन एलेनले सुदूरपश्चिमबाट एनपीएल खेल्ने 

काठमाडौँ– सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका

युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप

काठमाडौँ– अमेरिकी प्रविधि उद्यमी एलन मस्कले युक्रेनी सेनाले स्टारलिङ्क स्याटेलाइट

असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोडको विद्युत निर्यात

काठमाडौँ– नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष २०८३–८४ को असोज

सुनको मूल्यमा ११ हजार ७०० रुपैयाँको गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ ।

बाढी पहिरो प्रभावित स्थानमा विद्युत आपूर्ति पूर्ववत्

म्याग्दी– गत महिनाको बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दी जिल्लाका सबै