‘साम्बाको उपचार स्वदेशमै सम्भव छ, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगरौँ’ « Khabarhub

‘साम्बाको उपचार स्वदेशमै सम्भव छ, नेपाली चिकित्सक र स्वास्थ्यकर्मीलाई बेवास्ता नगरौँ’


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल चिकित्सक संघले राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’को घुँडाको शल्यक्रिया नेपालमै सम्भव रहेको जनाएको छ ।

संघले प्रेस विज्ञप्ति जारी गर्दै साम्बाले कतारमा उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च लाग्ने भन्दै सहयोग अपिल गरेको विषयप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

विज्ञप्तिमा नेपालका विभिन्न अस्पतालहरूमा आवश्यक विशेषज्ञ चिकित्सक, आधुनिक स्वास्थ्य उपकरण तथा शल्यक्रियाका लागि आवश्यक पूर्वाधार पर्याप्त मात्रामा उपलब्ध रहेको उल्लेख गरिएको छ। संघका अनुसार यस्ता जटिल शल्यक्रियासहित अन्य उपचार सेवाहरू नेपालमै गुणस्तरीय रूपमा प्रदान गर्न सकिने अवस्था रहेको छ।

गरिब नागरिकका लागि विनियोजित स्वास्थ्यसम्बन्धी योजनाहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न र स्वदेशी चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थालाई बेवास्ता नगर्न सम्बन्धित निकायलाई आग्रह गर्दछौं संघद्वारा जारी बिज्ञप्तिमा भनिएको छ । संघले सेलिब्रेटी तथा खेलाडीहरू विदेशमा उपचारका लागि जाँदा नेपाली चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको मनोबलमा असर पर्न सक्ने उल्लेख गर्दै स्वदेशमै उपचार गराउन आग्रह गरेको छ ।

साम्बा राष्ट्रिय गौरवको खेलाडी भएको उल्लेख गर्दै संघले उनको उपचार नेपालमै गराउन सम्बन्धित पक्षलाई अनुरोध गरेको छ। आवश्यक समन्वय र सहजीकरण गर्न नेपाल चिकित्सक संघ तयार रहेको पनि विज्ञप्तिमा उल्लेख छ । संघका महासचिव डा। सञ्जीव तिवारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

यो पनि पढ्नुहोस् :

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ४ : ३० बजे

बसाहा क्लब कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको फाइनलमा

सुनसरी – इटहरीमा जारी तेस्रो संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण स्वर्गीय पूर्वप्रधानमन्त्री

निर्वाचनमा प्रतिमतदाता २८४ रुपैयाँ खर्च

काठमाडौं- गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन प्रतिमतदाता

निर्वाचन आयोगको चुनाव खर्च ३ अर्ब ५४ करोड २८ लाख

काठमाडाैँ- मितव्ययिता र स्थानीय स्रोतको अधिकतम प्रयोगका कारण निर्वाचन आयोगले

पोखरामा प्याराग्लाइडिङ प्रतियोगिता

गण्डकी – पोखरामा आजदेखि ‘नेपाल खुला प्याराग्लाइडिङ च्याम्पियनसिप’ प्रतियोगिता सुरु

सर्लाहीमा पोखरीमा डुबेर युवकको मृत्यु

सर्लाही – सर्लाही सदरमुकाम मलङ्गवामा आज पोखरीमा डुबेर एक युवकको