निर्वाचन सुरक्षाबारे प्रधानमन्त्री कार्कीले लिइन् ब्रिफिङ « Khabarhub

निर्वाचन सुरक्षाबारे प्रधानमन्त्री कार्कीले लिइन् ब्रिफिङ


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन तयारी र सुरक्षा अवस्थाका विषयमा सबै सुरक्षा निकायका प्रमुखहरुसँग जानकारी लिएका छन् ।

प्रधानमन्त्री कार्कीले वालुवाटारमा सबै सुरक्षा प्रमुखहरुलाई बोलाएर जानकारी लिएका छन्।

गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, गृह मन्त्रालयको शान्ति सुरक्षा महाशाखा प्रमुख आनन्द काफ्ले, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की लगायतको उपस्थितिमा हालको सुरक्षा व्यवस्थापन, सम्भावित चुनौती र तिनको सम्बोधनका लागि अपनाइएको रणनीतिका विषयमा समीक्षा पनि भएको छ ।

प्रधानमन्त्री कार्कीले निर्वाचन सुरक्षाको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताइन् । उनले चुनौती सिर्जना गर्न सक्ने सम्भावित व्यक्ति र समूहको पहिचान गरी तिनीहरुको कडा निगरानी र नियन्त्रणका उपाय अपनाउन निर्देशन पनि दिइन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ८ : ४९ बजे

प्रधानमन्त्री कार्की र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

ला लिगा : रायो भालेकानोविरुद्ध बार्सिलोना

काठमाडौं – स्पेनिस ला लिगामा बार्सिलोनाले महत्वपूर्ण जित निकालेको छ।

३० हजार किमि उड्ने चराको सङ्कट

रियो डी जेनेरियो – पृथ्वीको एक छेउबाट अर्को छेउसम्म हरेक

कृष्णप्रसाद भट्टराई स्मृति गोल्डकपको उपाधि बसाहा क्लबलाई

सुनसरी – पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा आयोजित तेस्रो अन्तर्राष्ट्रिय गोल्डकप

चुनावी धक्कासँगै कांग्रेसमा बढ्यो समानान्तर गतिविधि, कसरी जोगिएला फुटबाट ?

काठमाडौं- जेन–जी आन्दोलनपछिको तीन महिना गलफत्तीमा बिताएको नेपाली कांग्रेसले पुस