धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु « Khabarhub

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


420
Shares
  • change font
  • change font
  • change font

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मंगलबार अपराह्न करिब ४ बजे स्थानीय सम्झना थापा मगरको घरमा सत्यनारायणको पूजा भइरहेको बेला घर नजिकै अचानक चट्याङ परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

पूजामा सहभागी पाहुनामध्ये तीन जना चट्याङबाट घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी प्रकाश दाहालले जानकारी दिए।

उनका अनुसार घाइतेहरूलाई उपचारका लागि तत्कालै आरुघाट स्वास्थ्य केन्द्र, गोरखा पठाइएको थियो। उपचारकै क्रममा गोरखाको शहीद लखन गाउँपालिका–८ निवासी कृष्ण घर्ती मगरकी १४ वर्षीया छोरी विनिसा घर्ती मगरलाई साँझ ५ः१४ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।

सोही घटनामा विनिसाकी दिदी करिब १५ वर्षीया दिक्षा घर्ती मगर तथा भिमसेन थापा गाउँपालिका–६ निवासी २४ वर्षीय वीरेन्द्र थापा मगर सामान्य घाइते भएको प्रहरीले जनाएको छ।

घटनाको जानकारी साँझ ५ः५० बजे इलाका प्रहरी कार्यालय आरुघाटमा प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सल्यानटार बाट प्रहरी टोली खटिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ९ : १७ बजे

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका

प्रदर्शनअघि नै ‘रामायण’को विश्वव्यापी क्रेज, अग्रिम टिकट बिक्री २० करोड भारु नाघ्यो

काठमाडौं– बलिउड  बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा बलियो

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक

तस्बिरमा चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन