निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की « Khabarhub

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे आज बालुवाटारमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत छलफल तथा समीक्षा गरेकी छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा देशभरको सुरक्षा प्रबन्ध, सम्भावित चुनौती तथा जोखिमका विषयमा गहन छलफल भएको जनाइएको छ। बैठकमा निर्वाचन अवधिभर शान्ति–सुरक्षा सुदृढ बनाउने, संवेदनशील क्षेत्रमा विशेष निगरानी बढाउने तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्ने विषयमा जोड दिइएको थियो।

प्रधानमन्त्री कार्कीले हालको सुरक्षा व्यवस्थामा शंका गर्नुपर्ने कुनै ठाउँ नरहेको स्पष्ट पार्दै सम्भावित चुनौतीलाई मध्यनजर गरी आवश्यक सतर्कता अपनाइएको बताइन्। उनका अनुसार कडा निगरानी, सूचनाको प्रभावकारी आदान–प्रदान र सबै सुरक्षा संयन्त्र परिचालनमार्फत निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गरिनेछ।

निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सम्पूर्ण नागरिकलाई ढुक्क र निर्भयतापूर्वक आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेकी छन्।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ९ : ३८ बजे

शुक्लाफाँटामा पर्यटक आवागमनमा वृद्धि : १३ दिनमा ६०० पर्यटक

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्य कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि साइप्रसका

प्रदर्शनअघि नै ‘रामायण’को विश्वव्यापी क्रेज, अग्रिम टिकट बिक्री २० करोड भारु नाघ्यो

काठमाडौं– बलिउड  बहुप्रतीक्षित फिल्म ‘रामायण’ले प्रदर्शनअघि नै बक्स अफिसमा बलियो

अमेरिकी मध्यावधि निर्वाचनमा १२ अर्ब डलर खर्च हुने अनुमान

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको बाँकी दुई वर्षको कार्यकालको राजनीतिक

तस्बिरमा चितवनको ब्याटिङ र विराटनगरको बलिङ

काठमाडाैँ– नेपाल प्रिमियर लिग (एनपीएल) तेस्रो संस्करणको दोस्रो खेलमा चितवन