निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की « Khabarhub

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की


१२ फाल्गुन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे आज बालुवाटारमा सबै सुरक्षा निकायका प्रमुखहरूसँग विस्तृत छलफल तथा समीक्षा गरेकी छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा देशभरको सुरक्षा प्रबन्ध, सम्भावित चुनौती तथा जोखिमका विषयमा गहन छलफल भएको जनाइएको छ। बैठकमा निर्वाचन अवधिभर शान्ति–सुरक्षा सुदृढ बनाउने, संवेदनशील क्षेत्रमा विशेष निगरानी बढाउने तथा सम्बन्धित निकायबीच प्रभावकारी समन्वय कायम गर्ने विषयमा जोड दिइएको थियो।

प्रधानमन्त्री कार्कीले हालको सुरक्षा व्यवस्थामा शंका गर्नुपर्ने कुनै ठाउँ नरहेको स्पष्ट पार्दै सम्भावित चुनौतीलाई मध्यनजर गरी आवश्यक सतर्कता अपनाइएको बताइन्। उनका अनुसार कडा निगरानी, सूचनाको प्रभावकारी आदान–प्रदान र सबै सुरक्षा संयन्त्र परिचालनमार्फत निर्वाचनलाई सुरक्षित वातावरणमा सम्पन्न गरिनेछ।

निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले सम्पूर्ण नागरिकलाई ढुक्क र निर्भयतापूर्वक आफ्नो मताधिकार प्रयोग गर्न आग्रह गरेकी छन्।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलबार  ९ : ३८ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको