फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो ! « Khabarhub

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

‘धुरन्धर’ले गर्‍यो अपवाद प्रमाणित


१० चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर बनेका छन् । टिनएजरको रोजाइ बन्ने ‘लभस्टोरी र एक्सन जनराका फिल्महरूको व्यापार ७–१० करोड हो’ भन्ने बुझाइ हाम्रा मेकरहरूमा छ ।

हुन पनि बढी लभस्टोरी फिल्म गर्ने पछिल्ला नायक अनमोल केसीको फिल्मकाे व्यापार यही लाइनमा हुन्छ । उनको फिल्म ‘जेरी अन टप’ले १२ करोड व्यापार अपवाद बनेको थियो । सबैभन्दा बढी व्यापार गर्ने टिनएजर लभस्टोरी फिल्म नै ‘जेरी अन टप’ हो ।

नेपालमा सामाजिक र हास्य विधाकै फिल्महरूको वर्चस्व छ । यही विधामा रहेर सबैभन्दा बढी कमाइ गर्ने ‘छक्का पञ्जा’, ‘कबड्डी’, र ‘जात्रा’ सिरिज बनेका हुन् । सबैभन्दा बढी व्यापार गर्ने फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ पनि सोसल ड्रामा आधारित फिल्म हो ।

अहिले पछिल्लो समय दर्शक रुवाउने फिल्महरूले फेमिली अडिएन्स पाएको देखिन्छ । ‘पूर्णबहादुरको सारङ्गी’, ‘आबाट आमा’ र ‘परान’ यसका उदाहरण हुन् ।

गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘१२ गाउँ’ले एक्सन फिल्ममा पनि नेपाली दर्शकको रुचि छ भन्ने पाटोलाई उजागर गर्‍यो । सानो बजार र सीमित लगानीले यो जनराका दर्शकलाई नेपाली मेकरहरूले सम्बोधन गर्न सकेका छैनन् ।

एक्सन फिल्मको लगानी अन्यको तुलनामा उच्च हुन्छ । नेपाली मेकरहरूको तीन–चार करोड लगानी दायरामा उत्कृष्ट एक्सन फिल्म बन्न सकेको छैन ।

फेरि यस जनराका दर्शक विदेशी फिल्मसँग परिचित छन् । उही मूल्यको टिकटमा विदेशी फिल्म हेर्न पाउँछन् । ३–५ करोडको लगानी भएको नेपाली एक्सन फिल्मलाई ती दर्शकले सयौँ करोडमा बनेका विदेशी फिल्मसँग तुलना गर्छन् ।

दर्शकको गुनासो छ, ‘उही टिकट मूल्य राखिएको नेपाली एक्सन र विदेशी एक्सन फिल्मको तुलना किन गर्न नपाउने ? हामीले कहिले विदेशी क्वालिटीको नेपाली एक्सन फिल्म हेर्न पाउने ?’

मेकरहरूको रेडिमेड जस्तै जवाफ छ, ‘तीन करोड र तीन सय करोडको फिल्ममा क्वालिटी त फरक भइहाल्छ नि ।’

०००

नेपाली मेकहरू प्राइम डेट खोजेर फिल्म प्रदर्शनमा ल्याउन तल्लिन देखिन्छन् । सार्वजिक बिदा, नयाँ वर्ष र चाडवर्पहरू मेकरहरूले फिल्म प्रदर्शनका हिसाबले प्राइम डेटका रुपमा स्थापित गरेका छन् । त्यसैले यस्ता मितिमा दुई वा सोभन्दा बढी फिल्मले बक्स अफिसमा प्रतिस्पर्धा गरेको पाइन्छ ।

यसपाली त प्राइम डेटमा प्रदर्शनमा आएका फिल्महरू नै फ्लप छन् । सबैभन्दा प्राइम डेट मानिने दशैँमा प्रदर्शनमा आएका तीन फिल्महरू ‘बलिदान’, ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’ फ्लप भए ।

यो वर्ष हिट फिल्मको सिक्वेल ‘जारी २’ पनि चलेन । विगतभन्दा यो पटक कम फिल्मले १० करोड व्यापार कटाएका छन् । १० करोड व्यापार कटाउने फिल्म ‘ऊनको स्वीटर’, ‘जेरी अनटप’, ‘परान’ र ‘आबाट आमा’ मात्रै हुन् ।

मेकर र कलाकारहरूकै मुखबाट ‘यो वर्ष फिल्मको व्यापार कम हुन्छ’ भन्ने विश्लेषण सुनिन्छ ।

भदौको जेनजी आन्दोलन, कांग्रेसको विशेष महाधिवेश र चुनाव जस्ता राजनीतिक घटनाले फिल्म क्षेत्र प्रभावित हुन्छ भन्ने उनीहरूको विश्लेषण हो । सोहीकारण जेनजी आन्दोलनअघि प्रदर्शन मिति तोकिएका थुप्रै फिल्महरू २०८३ सालमा सरेका छन् ।

केही मेकरहरूले मंसिर र पुसका फिल्महरूको कमजोर व्यापार हेरेर प्रदर्शन मिति सारेका छन् । मंसिरदेखि माघको दोस्रो साताबीचमा लगातार एक दर्जन फिल्म प्रदर्शन भए । यो घानमा दयाहाङ राई र सौगात मल्ल जस्ता स्टारका फिल्महरू पनि परे ।

लगातार फिल्महरू मेकरहरूको भनाइ थियो, ‘राजनीतिमा दर्शक इन्गेज छन्, उनीहरूलाई हलमा आउने चासो छैन ।’ फागुन ५ गते तीन फिल्मले यही कारण देखाउँदै प्रदर्शन स्थगितसमेत गरे ।

उनीहरूको सबै विश्लेषण र बुझाइ पनि मंसिर र पुसमा प्रदर्शनमा आएका फिल्म जसरी नै फ्लप भएको छ । त्यो फ्लप बनाउने बलिउड फिल्म ‘धुरन्धर- २’ हो ।

मेकरहरूले नेपाली फिल्महरू चल्नुको पछाडि देखाएका प्रमुख राजनीतिक कारणले ‘धुरन्धर २’को व्यापारलाई कुनै फरक पारेको छैन । त्यसै पनि हिन्दी भाषाको फिल्मका नेपालमा केही प्रतिशत मात्रै दर्शक छन् । तथापि पनि यो फिल्मको व्यापार उच्च छ ।

हलहरूलाई शो व्यवस्थापनमा धौधौ परेको छ । राति ११ बजेसम्मको शो राखिएको छ । जुन शो छुट्न बिहानको ३ बज्छ । यस शोमा पनि दर्शको उपस्थित बाक्लो छ ।

‘धुरन्धर २’ले कन्टेन्ट बलियो भए फिल्मको व्यापारका लागि अहिलेकै अवस्था अनुकूल रहेको प्रमाणित गरेको छ । यसले कन्टेन्टमा दम भए फिल्म पछाडि सार्न आवश्यक नरहेको सन्देश मेकरहरूलाई दिएको छ ।

साथै, फिल्म यो कारण चलेन भन्दै पछि भाग्ने मेकरहरूलाई ‘धुरन्धर २’ले नैतिक संकटमा पारेको छ ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ७ : २५ बजे

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव

नारामा सीमित क्षयरोग दिवस: हरेक वर्ष १६ हजारको मृत्यु, मधेश सबैभन्दा बढी प्रभावित

काठमाडौँ – आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी– डोटीको आदर्श गाउँपालिका– ६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची